खानेपानी डिभिजन नेपालगन्जका अधिकृत पुनलाई नक्कली प्रमाणपत्रले नियुक्ति लिएको आरोप
  • काँचुली खबर

२० भदौ, नेपालगन्ज । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जमा कार्यरत अधिकृतलाई नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिएको आरोप लागेको छ । अख्तिर दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौंले खानेपानी तथा सरसफाई कार्यालय नेपालगन्जमा कार्यरत छैटौं तहको अधिकृत हीम कुमारी सुनार पुनले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर सरकारी नियुक्ति लिएको भन्दैं अख्तियारले आरोपपत्र दायर गरेको हो ।

नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा नियुक्ति लिई नियम विपरीत सरकारी सेवामा कार्यरत रहेका बेला उनको प्रमाणपत्र छानविन गर्दा उक्त कुरा खुल्न आएको अख्तियारले जनाएको छ । अधिकृत पुनले माध्यमिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणसी भारतबाट हाईस्कुल उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिरमा प्रवेश गरेकी थिईन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पुनले उक्त नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नेपाल सरकारको द्धितीय श्रेणी पदमा नियुक्ति लिई हाल अधिकृत छैटौं तहसम्म कार्यरत रहेर लाभ र सुविधा प्राप्त गरेको भन्दैं अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पुनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम कसुर भएकोले सोही ऐनको दफा १६ (१) बमोजिम कैद र जरिवाना मागदाबी गरि गत भदौं १५ गते अदालतमा आरोपपत्र दायर गरिएको अख्तिर दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बताएका छन् ।

  • २० भाद्र २०८०, बुधबार १६:४५ प्रकाशित
  • Nabintech