डा. केसीको मुटुमा गम्भीर समस्या
  • काँचुली खबर

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा १९ दिनदेखि अनसनमा रहेका प्राध्यापक डाक्टर गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको छ ।

डाक्टर केसीको मुटुमा गम्भीर समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । उपचारमा संलग्न डाक्टरहरु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डाक्टर पुजन रोकाया, सिदार्थ खाति, धीरज गुरुङसहितको टिमले बुधबार निकालेको प्रतिवेदन अनुसार गएको २४ घण्टामा डाक्टर गोविन्द केसीको मुटुमा गम्भीर समस्याहरु देखिएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उपचारमा संलग्न डाक्टरहरुका अनुसार मंगलबार राति साँढे बाह्र बजे र बिहानीको चार बजे दुईपटकमा डाक्टर केसीको मुटुमा नौ वटासम्म एक्टोपिक बिट्सहरु देखिएको थियो । पहिलेको तुलनामा यस्ता किसिमका मुटुका गडबडीहरु धेरै पटक र धेरैको संख्यामा देखा पर्न थालेका प्रतिवेदनमा उल्लेख छ ।

यस्तै परिस्थिति रहिरहे डाक्टर केसीलाई जुनकुनै बेला पनि सीसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था आउने र यो सुविधा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध नभएको जानकारी विज्ञप्ति उल्लेख गरिएको छ । सीसीयू मुटुका समस्या भएका बिरामीलाई राख्ने उपकरण भएको चिकित्सकले बताएका छन् ।

चिकित्सकको प्रतिवेदनमा भनिएको छ, ‘यसका अलावा स्लाइन पानी दिन खोलिएको दोस्रो हातको नसामा पनि संक्रमण देखिएको छ । केसीका दुवै हातका नसा संक्रमित भएका छन् । निरन्तर घटिरहेको सेतो रक्त कोषिका र यस किसिमको बढ्दो संक्रमणका कारण अब झन् सेप्सिसको जोखिम बढेको छ ।’

स्वास्थ्य प्रतिवेदनका अनुसार रगतमा पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा निकै नै कम भइसकेको छ । यसरी इलेक्ट्रोलाइट्स घट्दा आउन सक्ने सम्पूर्ण जोखिमकाबारे डा. केसीलाइ बताइएको भएता पनि उनले ती तत्वहरु लिन अस्वीकार गर्नु भएको प्रतिवेदनमा जानकारी गरिएको छ ।

यसैगरी मंगलबारको तुलनामा श्वासप्रश्वासमा झन कठीनाइ देखिएको छ जसका कारण डाक्टर केसीलाई चौबिसै घण्टा अक्सिजनको सहायतामा राखिएको बताइएको छ । यसैगरी लामो समयदेखि छाती दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा बढ्दै गएका छन् ।

  • २ श्रावण २०७५, बुधबार २०:०७ प्रकाशित
  • Nabintech