अर्धशतक बनाए पेवेलियन फर्किए आसिफ शेख
  • काँचुली खबर

१८ भदौ, काठमाण्डौं । नेपालका ओपनर आसिफ शेखले एसिया कपमा भारतविरुद्ध अर्धशतक प्रहार गर्दै आउट भएका छन् । आसिफले ८८ बलमा आफ्नो ओडिआई करिअरको १० औं अर्धशतक प्रहार गरेका गरेका थिए ।

आसिफ ९७ बलमा ८ चौकासहित ५८ रनमा क्याच आउट भएका छन् । तीव्र गतिका बलर मोहम्मद शिराजको ३० औं ओभरको पाँचौं बलमा टप एज लागेको बल कोहलीले सर्ट कभरमा एक हातले क्याच लिएका हुन् ।

सर्ट कभरमा कोहलीले आसिफलाई एक रनमा जीवनदान दिएका थिए । मोहम्मद शिराजको दोस्रो ओभरको पहिलो बलमा आसिफलाई एक रनै विराट कोहलीले जीवनदान दिएका थिए ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । गुलशन झा १८ र दीपेन्द्रसिंह ऐरी १ रनमा क्रिजमा छन् ।

ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनमा आउट भए । पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले ९।५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।

कुशल शार्दुल ठाकुरको दशौं ओभरको पाँचौं बलमा विकेटकिपर ईशान किशनबाट क्याच आउट हुन पुगे । त्यसपछि नेपालको रनको गतीमा कमी आएको थियो ।

नेपालका भीम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । यी तीनै ब्याटर स्पिनर रविन्द्र जडेजाको बलमा आउट हुन पुगे ।

  • १८ भाद्र २०८०, सोमबार १७:३० प्रकाशित
  • Nabintech