भेरीगंगा नगरपालिकाका केही जनप्रतिनिधिहरुले नगरसभाप्रति असुन्तष्टि व्यक्त गरेका छन् ।
उनीहरुले फेरि नगरसभा गर्नुपर्ने माग राखेका छन् । नीति विधि विपरित वडा स्तरबाट आएका योजनाहरुलाई समावेश नगराई बजेट कार्यान्वयन गर्ने समयमा आफूखुशी वितरण गर्ने गरी योजना तयार गरेको उनीहरुले आरोप लगाएका छन् । भेरीगंगाका वडा नम्बर ५, ९,१०, ११ र १३ वडाका २८ जना जनप्रतिनिधिहरुले असन्तुष्ट जनाएका हुन् । बुधबार उनीहरुले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले बहुमतका आधारमा आफ्ना नजिकका योजनाहरुलाई लिएको र नागरिकको भावना विपरित एक मुष्ट बजेट ल्याएको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले एकलौटी ढंगबाट नगरसभा घोषणा गरेको जनाएका छन् । लोकतान्त्रिक मूल्यमान्यता विपरित, निरंकुश तथा तानाशाही ढंगले घोषणा गरेकाले फेरि नगरसभा गराउनुपर्ने माग राखेका हुन् ।
उनीहरुले बहुमतको आधारमा दम्भमा सत्ता पक्षले आफ्नो प्रस्ताव एकलौटी रुपमा पारित गरेको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले नगरसभाको निर्णय पुस्तिकामा नगरसभाका सदस्यहरुको उपस्थित मात्र गराई पारित भए भनिएका निर्णयहरु निर्णय पुस्तिकामा लिखित रुपमा नलेखिएकोले पुनः नगरसभा गर्नुपर्ने माग राखेको बताएका छन् ।
वडा नम्बर १३ वडा अध्यक्ष टिकाराम सुवेदीले बस्तीबाट आएका योजनाहरुलाई नल्याई बहुमतको आडमा नीति कार्यक्रम र बजेट ल्याएको बताए । उनले एकमुष्ट रुपमा बजेट ल्याएकाले फेरि संशोधनसहित नगरसभा राख्नुपर्ने बताए ।
स्रोत : उज्यालो अनलाईन
२ श्रावण २०७५, बुधबार १९:४२ प्रकाशित