१७ भदौ, कोहलपुर । कोहलपुरमा रहेका बिभिन्न धार्मिक संघ संस्थाहरु ओमकार परिवार तथा राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेले बिभिन्न सञ्चार माध्यम मार्फत कोहलपुर नगर प्रमुखको ध्यानाकर्षण गराएका छन । उनीहरुले स्थानीय सरकारले छाडा पशु चौपायाको उचित नियन्त्रण र व्यवस्थापन गर्न स्थानीय तहमा सम्बन्धित गौशाला समितीसँग सहकार्य गरी उचित भुमिका निर्वाह गर्न अनुरोध गर्दै नगर प्रमुख पुर्ण प्रसाद आचार्यको ध्यानाकर्षण गराएका हुन ।
नेपालगञ्जका छाडा चौपायाहरुलाई काञ्जि हाउसमा लगेर उपमहानगरका नगर प्रमुख प्रशान्त बिष्टले छाडा चौपायाहरुको ब्यबस्थापन गरेको अवस्थामा कोहलपुरमा छाडा रुपमा रहेका पशु चौपायहरुको उचित ब्यबस्थापन र उनीहरुका लागि आहारको समेत कोहलपुर नगर पालिकाले ब्यबस्थापन गर्नुपर्ने राष्ट्रिय सनातन धर्म संस्कृति महासंघ नेपाल बाँकेका संयोजक प्रमात कुमार श्रेष्ठले बताएका छन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नगरपालिका भित्र छाडा पशु चौपायाको उचित व्यवस्थान गरी पुर्व-पश्चिम, उत्तर-दक्षिण राजमार्गलाई निर्वाध रुपमा सञ्चालनको व्यवस्था मिलाउन छाडा चौपायाको नियन्त्रण गर्ने, गराउने कोहलपुर नगरपालिकाको ठुलो जिम्मेवारी भन्दै श्रेष्ठले बाँके जिल्लासंगै कोहलपुर बजार क्षेत्रमा छाडा चौपायाका कारण सवारी दुर्घटना हुदाँ मानविय तथा पशु चौपाया समेतको क्षति भोगिरहनु परेको बताए ।
स्थानीय सरकार संञ्चालन ऐन,२०७७ को दफा ११ (२) ञ अनुसार छाडा चौपायको नियन्त्रण गर्ने जिम्मा पालिकाहरूको रहेको हुदाँ कोहलपुर नगरपालिकाले आफ्नो कर्तव्य निर्वाह नगरी छाडा गाईवस्तुहरूलाई बजार क्षेत्रको मुख्य राजमार्गका महिनौ देखि छाडा रुपमा रहिरहदा दुर्घटनाको स्थिति उत्पन्न भएता पनि कुनै चासो नदेखाएको हुदाँ स्थानीय सरकारले आफनो क्षेत्रभित्रका राजमार्गहरूमा नेपालको कानुनले निर्धारण गरेको ऐन, दफा अनुसार राजमार्गलाई खुला रुपमा आवागनको व्यवस्था मिलाउनको निम्ति छाडा पशु चौपाया व्यवस्थापनको निम्ति संम्बधित निकायले गौशालासँग बृहत छलफल र समन्वय गरी कोहलपुर नगरपालिकालाई छाडा चौपाया मुक्त क्षेत्र घोषणा गर्न, गराउनको निम्ति सुझाव सहित नगर प्रमुखको ध्यानाकर्षण गराउदछौुं कोहलपुर क्षेत्रमा क्रियाशिल धार्मिक संघ संस्थाका ब्यक्तिहरुले भनेका छन ।
कोहलपुरका मुख्य सडकहरुमा छाडा चौपायाहरुका कारण सवारी चालकहरुलाई समेत त्रसित रुपमा यात्रा गर्न बाध्य हुनुपरेको छ । यसरी छाडा चौपाया यदि जानाजान छोड्ने गरिएको पाईए नगरपालिकाले चौपाया धनिलाई कडाई गर्ने जरीवाना तिराउने र चौपाया छोड्ने परिपाटिको अन्त्य गराउन नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्नुपर्ने समेत धार्मिक ब्यक्तित्वहरुले बताएका छन ।
रामजानकी गौशालाका भोला शर्माले गौशालामा भएका पशु चौपायाहरुलाई दाना पानी पुर्याउन कठिन भएको बताउदै थप भएर आउने पशु चौपायाकालागि नगरपालिकाले दाना पानीको समेत ब्यबस्था गर्नु पर्ने बताएका छन ।
१७ भाद्र २०८०, आईतवार १५:०९ प्रकाशित