१६ चैत्र २०८०, शुक्रबार
दरबार होटल संचालक सामुहिक बलात्कर घटनाका मुख्य योजनाकार
  • काँचुली खबर

लाहान स्थित होटल दरवारका संचालक विरेन्द्र साहका छोरा २६ वर्षीय नितेश कुमार साह सामुहिक बलात्कार घटनाका नाइके रहेको रहस्य खुलेको छ ।
फाइनल वोल्ड कपको दिन करिब १२ बजेको समयमा लहानबाट महिलालाई अपहरण गरी गाडीमा लगी बलात्कार गर्ने चार युवकलाई प्रहरीले त्रियुगा नगरपालिकाको लालपताबाट रंगेहात पक्राउ गरेको हो । पुर्व संघीय समाजबादी फोरम नेपालका नेता तथा भुमाफिया बिरेन्द्र साहका छोरा घटनाका मुख्य योजनाकार भएको प्रहरीले जनाएको छ । नेता साहका छोरासँगै लहान नगरपालिका-७ का २४ वर्षीय अमित गुप्ता, सोही स्थानका २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह पनि पक्राउ परेका छन । लहान बजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई साहले योजनाबनाइ अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका लग्दै गर्दा बा १४ च ६८१७ नम्बरको स्कार्पियो गाडीमा ती महिलालाई निःवस्त्र अवस्थामा प्रहरी चौकी लालपता उदयपुरका प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।
भुमाफिया भनेर चिनिने विरेन्द्र साहका छोरा बलात्कार घटनामा पक्राउ परेपछि उनी तनावमा परेका छन । विभिन्न नेतासँग छोरा छुटाउन प्रहरीलाई दबाब समेत दिन थालेको स्रोतको दावी छ । पक्राउ परेका साहका छोरा नितेश साह लहानस्थित होटल दरबारका संचालक समेत हुन । नितेशकै नाममा होटल दर्ता रहेको छ ।

  • २ श्रावण २०७५, बुधबार १९:३९ प्रकाशित
  • Nabintech