प्रअको मौखिक निर्देशनमा बिद्यालय बन्द, नगरशिक्षालाई छैन जानकारी
  • काँचुली खबर

१५ भदौ, कोहलपुर । जिल्लाका अन्य विद्यालय संचालनमा रहेकै बेला कोहलपुरको एक विद्यालयमा भने बिदा दिईएको पार्ईएको छ । कोहलपुरमा रहेको जनता मा.वि. मैटहवाका प्रधानाध्यापकको मौखिक निर्देशनमा बिद्यालय बिदा गरेको पाईएको हो ।

विद्यालय ब्यबस्थापन समितीको निर्णयमा नगर शिक्षा शाखालाई समेत जानकारी दिई स्थानिय बिदा गर्न पाउने प्रावधानलाई लत्याउदै विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले आफुखुसी बिदा दिएका हुन ।

यस विषयमा नगर शिक्षा शाखाका अधिकृत रविलाल मिजारलाई सम्पर्क गरी बुझ्दा प्रक्रिया नमिलाई बिदा गरेको भन्ने आफुले सुचना पाएको भन्दै शिक्षक प्रधानाध्यापकको मौखक निर्णयका आधारमा मात्र विद्यालय बिदा गर्न नपाईने बताए । उनले त्रुटिगत रुपमा विद्यालयमा बिदा दिएको थाहा पाउने बित्तिकै बिद्यालय खोल्न प्रधानाध्यापक चन्द्र बहादुर खत्रिलाई निर्देशन दिएको बताए ।

यता जनता मा.वि. मैटहवाका प्रधानाध्यापक चन्द्र बहादुर खत्रिले शिक्षा ऐनमा विद्यालय ब्यवस्थापन समितीको बैठक बसी माइन्युट गर्नुपर्ने प्रावधान नभएको भन्दै विद्यालयले वर्षको ५ दिन स्थानिय बिदा दिन पाउने आधारमा टेकि बिदा दिएको र सो को जानकारी नगर शिक्षालाई भने नदिएर गल्ति गरेको स्विकारेका छन ।

उनका अनुसार आफु प्रशासनिक कामका शिलशिलामा विद्यालय बाहिर रहेको बेला विद्यालयको फेसबुक ग्रुपमा केहि शिक्षक साथीहरुले शुक्रबार स्थानिय बिदा दिनुपर्ने भन्ने राय मागेको र आफुले पनि स्विकृत दिएर विद्यालयमा बिदा दिएको बताएका छन । यद्यपि बिदा दिने बारे शिक्षक, कर्मचारी तथा विद्यालयका प्रधानाध्यापकले कतै कुनै पनि माईन्युट गरेका छैनन् ।

यस बारेमा शुक्रबार विद्यालयमा बुझ्न जाँदा शिक्षकहरुले विद्यालय बिदा भएको भन्दै बिद्यार्थीहरुलाई घरतिर फिर्ता गरिरहेका थिए । तर आफुहरुले भने शिक्षक हाजिर कपिमा हाजिर जनाएका थिए । केहि अभिभावकहरुले विद्यार्थीहरुलाई सुचना नदिई विद्यालय बन्द गरेको भन्दै आक्रोश पोख्दै मनोमानि गर्ने प्रधानाध्यापकले नैतिकताका आधारमा राजिनामा गर्नुपर्ने बताएका थिए ।

‘प्रधानाध्यापकले विद्यालयमा आए देखि मनोमानि रुपमा काम गरिरहनु भएको छ, अनुगमन गर्ने निकायले १० दिनको समय सिमा दिई आफुलाई सुधार गर्नुपर्ने भनेर गएपनि आफुलाई सुधार गर्नुको साटो विद्यालयमा अध्ययनरत बालबालिकाको भविष्यमाथि नै प्रधानाध्यापकले खेलबाड गरिरहेको’ भन्दै उनिहरुले आक्रोश पोखे ।

स्मरण रहोस यस अघि कोहलपुर नगर कार्यपालिकाका सामाजिक विकास समिती संयोजक ईशवरी प्रसाद विश्वकर्माको अनुगमन टोलिले विद्यालयमा सुधार गर्नुपर्ने विषयवस्तु र आफ्नै मनोमानिमा केहि निर्णय नगर्न भन्दै १० दिनको समय सिमा दिएको थियो ।

प्रधानाध्यापक खत्रिले प्रअले पनि अध्यापन गर्ने हो र प्रअले त प्रशासनिक काम गर्ने हो नि भन्दै कक्षा समेत लिन आलटाल गर्ने गरेको एक शिक्षकले नाम नबताउने शर्तमा भने । उनले सरुवा भई आउदा आफु विद्यालयमा आराम गर्न आएको भन्दै कक्षा समेत नलिई बसेकोमा केहि शिक्षकहरुले आपत्ति जनाएपछि केहि पिरीयड लिन थालेको भएपनि बिद्यालयमा गर्ने बिभिन्न क्रियाकलापमा मनोमानी गर्ने गरेका दाबी गरेका छन ।

यस विषयमा प्रधानाध्यापक खत्रिसँग बुझ्दा विद्यालयको हितका निम्ति काम गरेको भन्दै आफुले गरेका कामहरुको बिल भरपाईहरु दुरुस्त रहेको बताए । अनियमितताको आरोप छ नि भन्ने प्रश्नमा आफुले कुनै पनि क्रियाकलापमा अनियमितता नगरेको उनले दाबी गरे ।

१३ गते सर्बदलिय बैठकमा शुरुमा उपस्थित भएका प्रधानाध्यापक खत्रि बिचमा बैठक छोडि भागेपछि विद्यालयमा गरिएका आर्थिक क्रियाकलापहरुको अध्ययन गर्न छानविन समिती गठन गरिएको छ । तर १३ गतेको सर्वदलिय भेलालाई उनी बैधानिक मान्न भने तयार छैनन ।

यस विषयमा कोहलपुर वडा नं. ३ का वडा अध्यक्ष माधव रिजालसँग बुझ्दा आफ्लाई भन्दा पनि विद्यालयका अभिभावक, बिद्यार्थीहरुसंग बुझन उनले आग्रह गरे । ‘मैले उहाँको बारे बोले राजनैतिक पुर्वाग्रह गरेको जस्तो भान पर्ने भएकाले उहाँले गरेका कामकाजहरु कति बैधानिक र विद्यार्थीका पक्षमा छन सो बारे अभिभावक र बिद्यार्थीसँग सोधनुहोला ।’ उनले भने ।

उनले अगाडी भने, ‘मैले बिद्यालयको कुनै कुरा बाहिर नजाओस भनेर सर्वदलिय बैठक बोलाउन विद्यालय ब्यबस्थापन समितीका अध्यक्षलाई भनेको हो, विद्यालय ब्यबस्थापन समितीले बोलाएको बैठकलाई प्रधानाध्यापकले बैधानिक मान्नुहुन्न भने उहाँको दम्भ र मनोमानी गर्ने अझैं सोच छ । नियमनकारी निकायले यथाशिघ्र उचित कदम चालोस ।’

  • १५ भाद्र २०८०, शुक्रबार १८:४८ प्रकाशित
  • Nabintech