आउँदो मंसिर ९ गते नेपालगञ्ज म्याराथन हुने
  • काँचुली खबर

१५ भदौ, नेपालगञ्ज । नवौं नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यस वर्ष ९ गते हुन लागेको हो ।

म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेवसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ ।

यस वर्ष अघिल्लो वर्षमा भन्दा चार विधा थप गरि १४ वटा विधा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग-अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुषरमहिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको ठकुरीले बताए ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन हुने नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यावसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश९एम्स०बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।

  • १५ भाद्र २०८०, शुक्रबार १३:५७ प्रकाशित
  • Nabintech