१२ भदौ, बुटवल । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव ‘ले समाजवादी मोर्चा नौलो प्रकारको जमघट भएको बताएका छन् । मोर्चामा संघर्षमा रहेको शक्ति र सत्तामा रहेको शक्ति एकै स्थानमा रहेको बिषयमा जनतामा अन्यौलता रहेको उल्लेख गर्दै यो मोर्चा नै नेपालको नौलो प्रयोग रहेको र क्रान्तिको नयाँ रूप भएको बताए ।
संसारबाट कम्युनिस्ट आन्दोलनलाई समाप्त गर्ने षडयन्त्रलाई चिर्न वस्तुगत आवश्यकतालाई महसुस गर्दै मोर्चा गठन भएको उनले बताए । बरबादी र निरासाले नयाँ उभार आउने बताउँदै उनले निरास नबन्न युवाहरूलाई आग्रह गरे ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
‘मोर्चा बनाउन प्रचण्डले ठूलो रिस्क मोल्नु भएको छ,’ उनले भने, ‘मोर्चामा रहेका शक्ति नै नेपालको परिवर्तनका बाहक हुन् ।’
अन्तराष्ट्रिय चलखेलले सत्ता अहिले पनि दलाल पुँजिपतीले कब्जा गरिरहेको उनले बताए । नेताहरूलाई असफल देखाउन अहिलेपनि दलाल नोकरशाही शक्ति सक्रिय रहेको विप्लवको आरोप छ । दलाल तत्वहरूले माओवादीलाई हत्याराकारूपमा चित्रण गरेको बताउँदै तीनै तत्वले नेपाललाई स्वाधिन बन्न नसक्ने योजना बनाउने गरेको उनले बताए ।
विभिन्न बिकासे योजनाका बहानामा देशलाई पराधिन बनाउने षड्यन्त्र भईरहेको उनले बताए । प्रचण्डलाई सरकारबाट दलाल पुँजिवादीहरुको षडयन्त्र चिर्न आह्वान गर्दै उनले आफुहरूले सडकबाट षडयन्त्र विरूद्ध लड्ने प्रतिवद्धता ब्यक्त गरे ।
एमसीसीको बजेट नेपाल जस्तै देशका जनताको खुन पसिनाबाट जम्मा भएको भन्दै उनले नेपालले पठाएको १२ बुँदे सुझाव कार्यान्वयन नगरिए त्यस विरूद्ध आन्दोलन गर्ने चेतावनी दिए । साम्राज्यवादीहरू आफै नेपाललाई गरिव बनाउने र आफै गरिव भनेर हेप्ने गरेको उनले बताए ।
प्रचण्डको सुशासनको संकेतबाट केही तत्व त्रसित भएको बताउँदै प्रचण्डले जस्तै अरूले सुशासन देखाएको भए स्टाचु बनाउने कुरा हुने उनले बताए ।
१२ भाद्र २०८०, मंगलवार १७:५६ प्रकाशित