आत्मकेन्द्रित प्रवृत्तिका कारण पार्टी कमजाेर भयाे : स्थायी समिति सदस्य केसी
  • काँचुली खबर

९ भदाै, काेहलपुर । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य कुल प्रसाद केसी (साेनाम)ले जनताप्रति समर्पित नभई सबै आत्मकेन्द्रित भएका कारण पार्टी कमजाेर अवस्थामा पुगेको बताएका छन । शनिबार नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताएका हुन ।

लुम्बिनी प्रदेशको पुर्व मुख्यमन्त्री समेत रहेका केसीले भने, “हामी जनतासँग एकाकार भएर जनताका सुख-दु:खको सहयात्री बन्न सकेनौँ र आफुुबाहेक कोही देखेनौँ, जसका कारण हामिप्रति जनताको बिश्वास घटेको छ ।” सम्बोधनकै क्रममा उनले भने, “जनताले हामी प्रति ठुुलो आशा गरेका छन, मात्र हामीले आफ्ना कार्यशैलीमा रुपान्तरण गर्नुपर्दछ ।”

सबैजना एक ढिक्का भएर जनताका बिचमा गएर पार्टीका एजेन्डा, पार्टीले गरेको योगदानका बिषयमा जनतालाई बुझाउनसके माओवादी पार्टी देशकै प्रमुख शक्ति बन्ने दाबी गर्दै केसीले ३ महिने अभियानलाई प्रभावकारी रूपमा संचालन गर्नुपर्ने बताए ।

“जनतासँग माओवादी विशेष रुपान्तरण” अभियान अन्तर्गत गरएको उक्त कार्यक्रममा माओवादी केन्द्रीय सदस्य दामा शर्माले पार्टी माथि देखि तलसम्म रुपान्तरण गर्नुपर्ने भएकाले यो अभियान थाल्नुपरेको बताईन । पार्टीमा आस्था राख्ने सम्पूर्ण नेता कार्यकर्ताहरुले ३ महिने अभियानमा मेहनत गर्न सके पार्टी सेटमा आउने उनकाे दाबि थियाे ।

नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका अध्य्यक्ष अवराज खड्काको अध्य्यक्षतामा सम्पन्न बिस्तारित बैठकले वडा वडामा जिम्मेवारी तोक्दै कार्यबिभाजन गरेको छ । पार्टीको स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेस सदस्य हुँदै जिल्ला, नगर र वडा समितिका पदाधिकारीहरूकाे सहभागीता रहेको उक्त बैठकमा एक दर्जन बढि नगर सदस्यहरुले सुझाव सहितका गुनासाहरु राखेका थिए ।

  • ९ भाद्र २०८०, शनिबार २२:२६ प्रकाशित
  • Nabintech