काेहलपुरकाे सुकुम्बासी बस्ति उठाउने पक्षमा छैनाै : केन्द्रीय सदस्य शर्मा
  • काँचुली खबर

९ भदाै, काेहलपुर । नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले बिकल्प बिना कुनै पनि सुकुम्बासीलाई बेघर बनाउने पक्षमा आफ्नाे पार्टी नरहेकाे बताएकी छन । शनिबार काेहलपुरमा आयाेजित नेकपा माओवादी केन्द्र नगर कमिटीकाे बिस्तारीत बैठकमा बाेल्दै शर्माले काेहलपुरकाे सुकुम्बासी बस्ती उठाउने निर्णय मान्य नहुने बताएकी हुन ।

“नेकपा माओवादि केन्द्र सुकुम्बासी, भुमिहिनकाे पक्षमा दृढताकासाथ उभिदै आएकाे छ, बलजफ्ती तरीकाले सुकुम्बासी तथा भुमिहिनलाई बिस्थापित गर्ने निर्णय हामिलाई मान्य हुनेछैन” काेहलपुर नगरपालिका अभियान संयाेजक समेत रहेकी शर्माले भनिन, “काेहलपुर ११ क्रिकेटमैदानस्थित सुकुम्बासीवस्ती हटाउने स्थानिय सरकारकाे निर्णय अविलम्ब सच्याउनुपर्छ ।”

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भुमि आयाेगमार्फत वास्तविक भुमिहिन र सुकुम्बासीकाे तत्थ्याङ्क संकलन गरी उचित ब्यवस्थापन गर्नुपर्ने बताईन । भुमि आयाेग मार्फत समस्या समाधान गर्नुपर्नेमा स्थानिय सरकार आफै सुकुम्बासीहरूलाई बिस्तापित गर्न अग्रसर हुनु खेदजनक रहेकाे उनकाे भनाई थियाे ।

“जनतासँग माओवादी विशेष रूपान्तरण अभियान” अन्तर्गत काेहलपुर आएकी शर्माले पार्टी माथि देखि तलसम्म रुपान्तरण गर्नुपर्ने  बताईन । पार्टीमा आस्था राख्ने सम्पूर्ण नेता कार्यकर्ताहरुले ३ महिने अभियानमा मेहनत गर्न सके पार्टी सेटमा आउने बताउँदै शर्माले आम नागरीककाे दैनिकीसँग जाेडिन नेता कार्यकर्तालाई निर्देशन समेत दिईन ।

  • ९ भाद्र २०८०, शनिबार २२:०१ प्रकाशित
  • Nabintech