६ भदौ, नेपालगन्ज । नेकपा माओवादी केन्द्र बाँकेको बिस्तारित बैठक नेपालगन्जमा सुरु भएको छ । बैठकमा माओवादी केन्द्र बाँकेका इन्चार्ज एवं पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी लगायत केन्द्रिय नेताहरुको उपस्थिति छ । बैठक जिल्ला संयोजक नरेन्द्र प्रसाद पाण्डेको अध्यक्षमा भईरहेको छ ।
माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यतामा संचालन गरीएको बैठकमा नेताहरुले पालिकास्तरीय रिपोर्टिङ गरीरहेका छन । पार्टी रुपान्तरणकालागि देशब्यापी रुपमा संचालन गरीएको अभियान अन्तर्गत सुरु भएको बैठकले सकारात्मक सन्देश प्रवाह गर्नुकासाथै महत्वपूर्ण निर्णय गर्ने बताईएको छ ।
बैठकमा स्थायी समिति एवं पुर्व मन्त्री महेश्वरजंग गहतराज (अथक), पुर्णाकुमारी सुवेदी लगायत केन्द्रिय, प्रदेश तथा जिल्लास्तरका नेताहरूको बाक्लो उपस्थिति रहेको छ ।
६ भाद्र २०८०, बुधबार १३:४९ प्रकाशित