१ भदाै, काेहलपुर । इच्छा शक्ति हुने हो भने पढाईलाई न समयले छेक्छ न त उमेरले भन्ने गतिलो उदारण बनेकी छिन् प्रेम कुमारी गिरी । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ कि स्थायी बासिन्दा गिरी उमेरले ६१ वर्ष पुगेकी छन । तर पढ्ने ईच्छाशक्तिले उनलाई ६१ वर्षकाे उमेरमा समेत विद्यालय जान प्रेरित गरिरहेकाे छ ।
६ सन्तानकी आमा गिरी काेहलपुर ११ मा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयमा ६ कक्षामा अध्ययनरत छिन् । दिनहुँ स्कुल ड्रेस लगाएर विद्यालय जाने गिरी नातीनातिनासँगै एउटै कक्षाकाेठामा बसेर पढ्न पाउँदा निकै खुसी मिलेकाे बताउँछिन ।
उनीलाई कोहलपुर नगरपालिकाले सम्मान समेत गरेको छ । ‘विद्यार्थीसंग मेयर कार्यक्रम’ मा कोहलपुर नगरपालिकका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले ६१ वर्षिया प्रेम कुमारी गिरीलाई सम्मान गरेका हुन् ।
कोहलपुरमा सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर बृद्धि भएको र आफुले सिक्न उत्साहित भएको भन्दै नगर प्रमुख आचार्यलाई गिरीले धन्यवाद दिइन् ।
उनका छोराछोरी आ-आफ्नो ब्यापार ब्यावसायमा सक्रिय छन्। कान्छि छोरी उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलियामा छिन् ।
१ भाद्र २०८०, शुक्रबार १०:४२ प्रकाशित