सरकारकाे कदमले प्रतिक्रियावादीहरू आत्तिएका छन : प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

२९ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारभन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्वपूर्ण भएको बताएका छन । पार्टीको बागमती प्रदेश समितिको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन  ।

उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा संकल्पका रुपमा लिएका छौं । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौं ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

प्रधानमन्त्रीले आफूहरु सहि बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने हल्ला सहि नभएको बताए ।

प्रधानमन्त्रीले आफूहरुको कदमले प्रतिक्रियावादीमा एउटा आतंक सिर्जना भएको बताए । उनले भने, ‘उनीहरुको षड्यन्त्र र घेराबन्दी जति भएपनि हामी आफ्ठ्यारोमा छैनौं । हामीले शुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढंगले काम गर्नुछ ।’

प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइँमा पुर्याउने बताए । उनले भने, ‘हामीले फेरि पार्टी बनाउन सक्यौं भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौं । यो पटक जनतामा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने जनतामा पर्दै गएको छ ।’

उनले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रुपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निश्कर्ष निकालेको बताए । केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उनकाे धारणा थियो । बैठकले ती प्रश्नहरुको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्ने बारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

  • २९ श्रावण २०८०, सोमबार १५:०८ प्रकाशित
  • Nabintech