कोहलपुर प्रहरीद्धारा ठुलो परिमाणमा लागु औषध नष्ट
  • काँचुली खबर

२६ साउन, कोहलपुर । कोहलपुर प्रहरीले ठुलो परिमाणमा लागु औषध नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बिभिन्न समयमा बरामद गरिएका लागु औषध एकमुष्ट रुपमा आगो लगाई नष्ट गरेको हो ।

ईप्रका कोहलपुरको कार्यक्षेत्रभित्र ‘लागु औषध खोज र नष्ट गर’ अभियान चलाएको प्रहरीले बिभिन्न समयमा बरामद भई मुद्धाको अन्तिम किनारा लागीसकेका लागुऔषध नष्ट गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले बताए । तिवारीका अनुसार पछिल्लो समय कोहलपुर तथा आसपसका क्षेत्रमा रहेका लागु औषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिंदै लागु औषध रहित कोहलपुर निर्माण गर्ने अभियान संचालन गरीएको छ ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उक्त अभियान अन्तर्गत शुत्रबार साक्षि र मुचुल्का सहित शिलबन्दी अवस्थामा राखीएका एक बोरा लागु औषध नष्ट गरिएको हो ।

कोहलपुर वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी, पत्रकार महासंघ बाँकेका कार्यबहाक अध्यक्ष संगिन शर्मा, नागरिक उन्मुक्ति पार्टिका नेता भुम भण्डारी, रास्वपा नेता आनन्दबाबु काफ्ले, भरत पनेरु, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य, पत्रकारहरु प्रमोद रिजाल, प्रदिप वाग्ले, रबिन्द्र सिंह ठकुरी, पुष्पराज हमाल लगाएतको रोहवरमा विगत १ वर्षदेखि मुद्धा टुङ्ंगो नलागेका लागुऔषधलाई लाह छाप लगाएर स्टोरमा राखिएकोमा मुद्धा किनारा लागेपछि नष्ट गर्ने कार्य भएको तिवारीले बताए ।

  • २६ श्रावण २०८०, शुक्रबार १७:४० प्रकाशित
  • Nabintech