८ बैशाख २०८१, शनिबार
यस्तो रह्यो विश्वकप फुटबल-२०१८
  • काँचुली खबर

फुटबलको महाकुम्भ फिफा विश्वकपको २१ औं संस्करण आइतबार सकिएको छ । रुसको मस्कोमा सम्पन्न विश्वकपको यो संस्करणमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक उपाधि जित्यो । रसियाका विभिन्न ११ सहरका १२ वटा रंगशालामा ६४ वटा खेल सञ्चालन भएका थिए । एक महिना चलेको प्रतियोगितामा ३२ टिमका कुल ७ सय ३६ खेलाडी विश्वकप खेल्न रसिया पुगेका थिए ।
विश्वकपका कुल खेलमा ६३ खेलमा गोल हुँदा समूह चरणमा फ्रान्स र डेनमार्क बीचको खेलमात्र गोलरहित बराबरीमा सकिएको थियो । यो विश्वकपमा गोलका हिसाबले एक खेलमा २ भन्दा बढी गोल भएका छन्, जहाँ १ सय १० जना खेलाडीले गोल गरे भने सहभागी सबै ३२ वटै टिमले गोल गर्न सफल भए ।

केही तथ्यांक
जम्मा गोलः १६९
पहेंलो कार्डः २१९
रातो कार्डः ४
जम्मा पासः ४९६५१
औसत प्रतिखेल पासः ७७५।८
आत्मघाती गोलः १२
पेनाल्टीमा गोलः २२

सर्वाधिक गोलकर्ता
ह्यारी केन (इंग्ल्यान्ड) : ६ गोल
रोमेलु लुकाकु (बेल्जियम) : ४ गोल
एन्टोनी ग्रिजम्यान (फ्रान्स) : ४ गोल
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) : ४ गोल
चेरिसोभ (रसिया) : ४ गोल
केलियन एमबाप्पे (फ्रान्स) : ४ गोल

उत्कृष्ट टिम
बढी गोल गर्ने टिमः बेल्जियम (१६)
बढी आक्रमण गर्ने टिमः क्रोएसिया (३५२)
बढी पास खेल्ने टिमः इंग्ल्यान्ड (३३३६)
राम्रो रक्षापंक्ति भएको टिमः क्रोएसिया (३०१ सेभ)

उत्कृष्ट खेलाडी
गोल्डेन बुटः ह्यारी केन (इंग्ल्याण्ड)
उत्कृष्ट खेलाडीः लुका मड्रिक (क्रोएसिया)
उत्कृष्ट युवा खेलाडीः केलियन एमबाप्पे (फ्रान्स)
उत्कृष्ट गोलकिपरः थिबाउट कोउटोइस (बेल्जियम)
बढी प्रहार गर्ने खेलाडीः नेयमार (ब्राजिल) : २७ प्रहार
बढी क्षेत्र हिँड्ने खेलाडीः इभान पेरसिक (क्रोएसिया) : ७२ किलोमिटर
बढी पास खेल्ने खेलाडीः सर्जियो रामोस (स्पेन) : ४८५ पास
बढी प्रहार विफल पर्ने खेलाडीः थिबाउट कोउटोइस (बेल्जियम)  २७ सेभ

रेकर्ड बनेका खेल
बढी गोल भएको खेलः बेल्जियम भर्सेस ट्युनिसिया – ७ गोल
गोलका लागि बढी प्रहार भएको खेलः बेल्जियम भर्सेस ट्युनिसिया – ३१ प्रहार
बढी कार्ड देखाइएको खेलः बेल्जियम भर्सेस पानामा – ८ कार्ड
बढी पास खेलिएको खेलः स्पेन भर्सेस रसिया – १२३५ पास
बढी गोल खाने टिमः पानामा – ११ गोल

उपाधि जितेको फ्रान्सको विश्वकप यात्रा
समूह चरण
फ्रान्स २–१ अस्ट्रेलिया
फ्रान्स १–० पेरु
फ्रान्स ०–० डेनमार्क

अन्तिम १६
फ्रान्स ४–३ अर्जेन्टिना

क्वार्टरफाइनल
फ्रान्स २–० उरुग्वे

सेमिफाइनल
फ्रान्स १–० बेल्जियम

फाइनल
फ्रान्स ४–२ क्रोएसिया

 

स्रोत : कारोबार

  • १ श्रावण २०७५, मंगलवार २१:०६ प्रकाशित
  • Nabintech