२३ साउन, काेहलपुर । बाँकेको कोहलपुर १० मा रहेको त्रिभुवन नमुना माध्यामिक बिद्यालयमा त्रुटिगत रुपमा खरिद गरिएको स्यानेटरी प्याडमा अनियमितता भएको भन्दै स्टोर रुममा लगाएको ताला लामो समय बितिसक्दा पनि खुल्न सकेको छैन । बिद्यालय प्रशासन, बिद्यालय ब्यबस्थापन समिती, कोहलपुर नगर शिक्षा तथा आन्दोलित बिद्यार्थीहरुको छलफलले खरिद गरिएको स्यानेटरी प्याडका बिषयमा छानबिन गर्न कोहलपुर नगर शिक्षाको संयोजकत्वमा छानविन समिती गठन भएपनि सो बिषयमा अझै ठोस रुपमा छानविन हुन नसक्दा लगाईएको ताला नखुलेको हो ।
बाँके जिल्ला कै प्रतिष्ठित त्रिभुवन नमुना माध्यमिक बिधालयमा स्यानेटरी प्याड खरिदमा भ्रष्टाचारको आशंकामा क्रान्तिकारी कम्निष्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले छानबिनको माग गर्दै ताला लगाएको थियो । छानबिन समितिले छानविन प्रक्रिया विभिन्न बहाना बनाई लम्ब्याउने र भ्रष्टहरुको प्रमाण नष्ट गर्न खोजेको भन्दै आन्दोलनरत बिद्यार्थीले आरोप लगाउदै आएको छ । उस्ले बिभिन्न प्रलोभनमा परि दोषिलाई चोख्याउन खोजेको भन्दै अबिलम्ब यथाशिघ्र छानबिन गर्न समेत माग राखेको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
यता कोहलपुर नगर शिक्षाले भने अधिकृत रविलाल मिजारको संयोजकत्वमा छानविन समिती बनाएको र केहि चरणमा बिद्यालय ब्यबस्थापन समिती, प्रशासन र बिद्यार्थीहरुलाई नगर शिक्षामा बोलाई गरिएको कुराकानिमा केहि बिद्यार्थीहरुले अविश्वासका कुरा गर्न थालेपछि संयोजक मिजारले आफनो नेतृत्वको छानविन समिती भन्दा पनि अन्य कर्मचारीहरुलाई संयोजक बनाए प्रभावकारी हुने भन्दै नगर शिक्षा प्रमुख राम बहादुर हमाललाई जानकारी गराएको बताएका छन । उनले नगर शिक्षा प्रमुख यतिबेला जिल्ला बाहिर रहेकाले छानविनमा केहि बिलम्भ भएको भन्दै हमाल नगरमा हाजिर भएपछि संयोजक तोकि सत्य तथ्य छानविन गरिने बताए ।
यसैबिच त्रिभुवन नमुना माबिले श्राबण १६ गते एक बिज्ञप्ति एक स्थानिय पत्रिकामा छपाउदै स्यानेटरी प्याड खरिद नै नभएको दावि पेश गर्दै कानुन सम्बत तरीकाले खरिद गर्ने भन्दै असार २७ गते बिद्यालय ब्यबस्थापन समितीको बैठकले निर्णय गरि प्रक्रिया अगाडि बढाएको भन्ने उल्लेख गरेको थियो ।
यद्यपि बिद्यालय ब्यबस्थापन समितीले खरिद ऐन र कानुनी प्रक्रियामा नगएर सेनेटरी प्याड बिद्यालयमा झारेपछि बिद्यार्थी संगठनहरुले प्रक्रिया मिचेर गरेको काममा भ्रष्टाचार भएको र कम गुणस्तरको खरिद गरिएको हुन सक्ने भन्दै स्टोरमा ताला लगाएको थियो ।
एकातिर स्यानेटरी प्याड खरिद गरिएको हैन, छैन भन्ने बिज्ञप्ति आउनु अर्कोतिर स्यानेटरी प्याड कानुनि प्रक्रिया बिना बिद्यालयमा झार्नु र स्टोरमा राख्नु संयोग मात्र भन्न नसकिने केहि बिद्यालय ब्यबस्थापन समितीका सदस्यहरुले समेत आफनो असहमति प्रकट गरेका छन । अध्यक्ष तथा बिद्यालय प्रशासनको मिलेमतोमा यो सब भएको भन्दै छानबिन गरि दोषिलाई कारबाहि गर्नुपर्नेमा जोड दिएका छन । स्यानेटरी प्याड बिद्यालय प्रांगणमा झारीएको भएपनि भुक्तानि भने नदिएको बिद्यालयलेेे जनाएकाे छ ।
२३ श्रावण २०८०, मंगलवार २१:१२ प्रकाशित