बैजनाथमा साझा प्रजातान्त्रीक समुहको घरदैलो सम्पन्न
  • काँचुली खबर

२० साउन, कोहलपुर । नेपालगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि चुनावी मैदानमा उत्रिएको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले बैजनाथ गाँउपालिकामा मतदाताहरूसँग भेटघाट गरेको छ ।

बैजनाथ अन्तर्गतका चाँदनी, सम्झना, जी गाउँ, चिसापानी क्षेत्रका व्यवसायीसँगको भेटघाटमा कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरूले समेत प्रजातान्त्रिक समूहलाई सहयोगको लागि अपिल गरेका छन् । ललित रौनियार नेतृत्वको समूहलाई सहयोगका लागि कोहलपुर क्षेत्रका प्रतिष्ठित ब्यवसायी लक्ष्मणराज पौडेल, चण्डी गैरे, शरद रेग्मी, मातृका सापकोटा लगाएतका उद्योगी व्यवसायीहरूले मतदाताहरूलाई सहयोगको लागि अपिल गरेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

मतदाता भेटघाटको क्रममा आफूहरूका साझा समस्या समाधान र व्यवसायिक हक हित सुनिश्चितताकालागि लोकतान्त्रिक समूहलाई सहयोग गर्ने बैजनाथ क्षेत्रका व्यवसायीहरूको धारणा आएकाले उत्साहित बनेको अध्यक्ष पदका उमेद्वार रौनियारले बताए । ‘हाम्रो समूहलाई सहयोग गर्न कोहलपुर क्षेत्रका प्रतिष्ठित उद्योगी व्यवसायीहरू स्वत स्फूर्त रूपमा घरदैलो तथा मतदाता भेटघाटमा सरिक भएपछि हाम्रो समूहको जीत सुनिश्चित हुनेमा हामी विश्वस्त छौ’, महासचिव पदका उमेद्वार टंक प्रसाद शर्मा बताउँछन् ।

पछिल्लो समय लोकतान्त्रिक समूहले मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तिब्र पारिरहेको छ ।

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनकालागि समुहको तर्फबाट ललितकुमार रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानल चुनावी मैदानमा उत्रिएको छ । प्यानलको तर्फबाट अध्यक्षमा ललितकुमार रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना र महिला उपाध्यक्षमा करिश्मा योगीको उम्मेदवारी रहेको छ ।

त्यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप-महासचिवका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामी सहित सदस्यहरुमा सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्ट यस्तै गरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।

  • २० श्रावण २०८०, शनिबार १४:०२ प्रकाशित
  • Nabintech