१९ साउन, काेहलपुर । बाँकेको कोहलपुर नगरपालिका ४३ करोड बेरुजु असुल गर्ने भएको छ । नगरपालिकाले नगरपालिका स्थापना भएको २०७३ साल देखि गत आर्थिक वर्षसम्मको महालेखा परीक्षकको कार्यालयले ४३ करोड ६६ लाख बेरुजु औंल्याएको र बेरुजु कम गरी सुशासनको प्रत्याभूती नगरवासीलाई गराउने उद्देश्यले गत आर्थिक वर्षको अन्त्य देखि बेरुजु फर्छ्यौट गर्ने कार्यमा लागि परेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् ।
नगरप्रमुखले शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी कोहलपुर नगरपालिकाको नियमित गर्नुपर्ने बेरुजु ३६ करोड ४२ लाख १० हजार सात सय ३७ रुपैयाँ, असुल उपर गर्नुपर्ने बेरुजु एक करोड ४३ लाख ७८ हजार सात सय ४४ रुपैयाँ र म्याद नाघेको पेश्की बेरुजु ५ करोड ८० लाख ४३ हजार तीन सय पाँच रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नगरपालिकाले बेरुजु फर्छ्यौट गर्नका लागि तीन सय १४ जनालाई पत्र काटेको छ । नगरपालिका स्थापना देखि गत आर्थिक वर्षसम्म असुलउपर गर्नुपर्ने बेरुजु फर्छ्यौटको लागि पदाधिकारी, निर्माण व्यवसायि, व्यापारी, विद्यालय, गैरसरकारी संस्थाहरु र शाखा-उपशाखा तथा कर्मचारीहरुको नाममा रहेको असुल उपर हुनुपर्ने एक करोड ४३ लाख ७८ हजार सात सय ४४ रुपैयाँ असुलउपरका लागि तीय सय १४ जना व्यक्ति तथा संस्थाहरुलाई तत्काल बेरुजु फर्छ्यौट गर्न पत्र काटिएको कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् ।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा शंकास्पद बेरुजु छानबिन गर्न दिएको निर्देशन बमोजिम महालेखा परीक्षकको कार्यालयले औल्याएका बेरुजुको अध्ययन गरी प्रतिवेदन दिन आन्तरिक छानबिन समिति गठन गरी तोकिएको समयभित्र निष्पक्ष छानबिन पश्चात प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको उल्लेख गरिएको छ । साथै उक्त प्रतिवेदनको आधारमा नगदि जिन्सी सामान हिनामिना तथा सरकारी हानी नोक्सानी भएको ठहरेमा प्रचिलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडी बढाइने उल्लेख गरिएको छ ।
नगरपालिकाले हालसम्म ५५ प्रतिशत बेरुजु नियमित गरिएको र यस आर्थिक वर्षको अन्त्यसम्म ७५ प्रतिशत बेरुजु फर्छ्यौट गर्ने लक्ष्य निर्धारण गरिएको उनले बताएका छन् । यसका साथै उक्त बेरुजु फर्छ्यौटको लागि कर्मचारीहरुलाई सक्रियतापूर्वक लाग्न कडा निर्देशन दिइएका छन् । “यस आ.व. को अन्त्य सम्म गत आर्थिक वर्ष सम्मको ७५ प्रतिशत बेरुजु फर्छ्यौट हुने कुरामा हामी विश्वस्त छौं । सुशासन र जवाफदेहिता हाम्रो प्रमुख संकल्प हो । हाम्रो यस संकल्पमा आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु” उनले भने ।

१९ श्रावण २०८०, शुक्रबार २२:१२ प्रकाशित