कोहलपुरको त्रिभुवन माविमा दोस्रो पटक तालाबन्दी
  • काँचुली खबर

१९ साउन, कोहलपुर । कोहलपुरको सबैभन्दा पुरानो विद्यालयमा दोस्रो पटक तालाबन्दी भएको छ । कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयले स्यानेटरी प्याड खरिदमा अनियमितता गरेको भन्दै नेकपा बहुमत समर्थित बिद्यार्थी संगठनले लगाएको ताला नखुल्दै विद्यालय प्रशासनमा अर्को ताला लागेको हो । शुक्रबार बिहान बागेश्वरी बहुमुखी क्याम्पस अन्तर्गतको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) ले विद्यालय प्रशासनमा तालाबन्दी गरेको हो ।

नेपाली र अंग्रेजी माध्यममा लिने शुल्कमा समानता हुनुपर्ने, पाठयपुस्तक पाउने अधिकार सुनिश्चित हुनुपर्ने लगाएतका मागसहित आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले पुरानो ताला नखुल्दै प्रशासनमा दोस्रो ताला लगाएका हुन । स्ववियु अध्यक्ष देबेन्द्र बुढाले विद्यालयमा देखिएका समस्या समाधानकालागी धेरै चरणमा कुरा भएपनि कुनै सुनुवाई नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सकारले १० कक्षासम्म नि:शुल्क पाठयपुस्तक दिने निति बनाएपनि त्रिमाविमा अध्ययनरत बिद्यार्थीहरुले बाहिरबाट किनेर पाठ्यपुस्तक पढ्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै बुढाले बिद्यार्थीहरुका आधारभुत अधिकारमा समेत विद्यालयले वेवास्ता गरेको भन्दै बिद्यार्थीका माग पुरा नभएसम्म तालाबन्दी नखुल्ने बताए ।

यस अघि सामाजिक सञ्जालमा सेनेटरी प्याड खरिदमा अनियमितता भएको गुणस्तरहिन सेनेटरी प्याड खरिद गरिएको विषय उठेपछि बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रतन बहादुर बुढा, प्रधानाध्यापक देबका वस्नेत थापा, शिक्षक अभिभावक संघका प्रेम नारायण पौडेल र बिद्यालय ब्यबस्थापन समितीका सदस्य कुल प्रसाद भट्टराई, नरेशजंग अर्यालले एक विज्ञप्ति निकाल्दै सेनेटरी प्याड खरिद नगरिएको तर खरिदका लागि असार २७ गते निर्णय अनुसार खरिद प्रक्रिया अगाडि बढाईएको उल्लेख गरेका थिए । तर बिद्यार्थी संगठनले गुणस्तरहिन स्यानेटरी प्याड खरिद गरेर राखिएको भन्दै विद्यालय परिसरकै एक कोठामा लगाएका थिए ।

आन्दोलनकै क्रममा विद्यालयका केहि शिक्षकहरु बिद्यार्थीहरुसँग बाझिएपछि बिद्यार्थी थप आक्रोशित भएका थिए । विद्यार्थीहरुका जायज मागबारे विद्यालयका प्रधानाध्यापकलाई पटक पटक भनेको र समस्या समाधान गर्न आग्रह गर्दा पनि मागको सुनुवाई नभएपछि गरिएको तालाबन्दिका विषयमा विद्यालयका कर्मचारी ईन्द्र बिसि र देवसिंह राना प्रतिबादमा उत्रिएपछि बिद्यार्थी नेताहरु थप अक्रोशित भएका थिए ।

  • १९ श्रावण २०८०, शुक्रबार १३:२३ प्रकाशित
  • Nabintech