टंक धामीको नेतृत्वमा समावेशी प्यानलको उम्मेदवारी घोषणा
  • काँचुली खबर

१८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि समावेशी प्यानलले टंक धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।

बिहीबार नेपालगन्जमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा समावेशी प्यानलका उम्मेदवारहरु सार्वजनिक गरीएको हो । धामीको नेतृत्वमा उद्योगतर्फको उपाध्यक्षमा चिरञ्जीवी ओली, वाणिज्य उपाध्यक्षमा हरिलाल न्यौपाने, महिला उपाध्यक्षमा मन्दिरा पाण्डे, महासचिवमा भिम रानाभाट, उपमहासचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा सलाउद्धिन जसगढ उम्मेदवार रहेका छन् ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

त्यस्तैगरी सदस्यमा इन्दिराकुमारी शाही, तोपबहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज वर्मा, धर्मन्द्रसिंह ठटेर, टीकामणि उपाध्याय, डम्बर चन्द, जमालुद्धिन अन्सारी उम्मेदवार छन् भने कमल कार्की, राजीव तलङ्गा एशोसियट तर्फको उम्मेदवार बनेका छन् ।

उम्मेदवारी घोषणा भएसँगै भदौ २ गते हुने निर्वाचनमा नयाँ नेतृत्वकालागि दुई समुह बिच प्रतिस्पर्धा हुने भएको छ ।

  • १८ श्रावण २०८०, बिहीबार १९:३२ प्रकाशित
  • Nabintech