२१ बैशाख २०८१, शुक्रबार
साझा प्रजातान्त्रिक समूहले गर्‍यो उम्मेदवारी घोषणा
  • काँचुली खबर

१८ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार सार्वजनिक गरेको छ । बिहीबार नेपालगन्जको डिएसपी रोड स्थित म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले उम्मेदवार घोषणा गरेको हो ।

आगामी भदौ २ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समुहको तर्फबाट ललितकुमार रौनियारको नेतृत्वमा १९ सदस्यीय प्यानल घोषणा गरीएको हो । प्यानलको तर्फबाट अध्यक्षमा ललितकुमार रौनियार, वाणिज्य तर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा मोहम्मद सफिक वेहना र महिला उपाध्यक्षमा करिश्मा योगीको उम्मेदवारी घोषणा गरीएको छ । त्यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप-महासचिवका लागि टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खन बहादुर धामीको नाम घोषणा गरिएको छ ।

त्यसैगरी संघको सदस्यहरुमा सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्टको नाम घोषणा गरिएको छ ।

एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषोतम अग्रवाललाई सो समुहले मैदानमा उतारेको छ ।

  • १८ श्रावण २०८०, बिहीबार १९:२४ प्रकाशित
  • Nabintech