१७ साउन, कोहलपुर । बाँके युनेस्को क्लवको स्थापना दिवस तथा साधारणसभा सम्पन्न भएको छ । बुधबार नेपालगन्जमा सम्पन्न क्लबको ३४ सौं साधारणसभामा बिभिन्न ब्यक्तिहरुलाई सम्मानित गरीएको छ ।
सामाजिक क्षेत्रको अगुवा संस्था बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभाको अवसरमा बुधबार आयोजित विशेष समारोहमा चार जना वरिष्ठ चिकित्सकलगायतलाई सम्मानित गरिएको हो।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सम्मानित हुनेमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा. रोमन किदवाई, नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडिया, मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाई र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सन्दीप गुरुङ रहेका छन ।
उनीहरुलाई पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद ईश्तियाक राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले परेको बेला देश र जनताका लागि विशेष योगदान गर्ने व्यक्तित्त्वलाई सम्मान गर्ने परम्पराले अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा यस्ता कार्य निरन्तर जारी रहनु पर्ने बताए ।
साधारणसभामा क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी र संस्थापक सल्लाहकार हरिवंश किरातलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा राम्रो काम गर्ने विभिन्न कर्मचारी, सल्लाहकार तथा सहयोगीलाई पनि सम्मान गरिएको क्लबका अध्यक्ष रवि तुलाधरले बताए ।
१७ श्रावण २०८०, बुधबार १७:४५ प्रकाशित