२१ बैशाख २०८१, शुक्रबार
उद्योग वाणिज्य संघको निर्वाचन : घरदैलोमा समावेशी प्यानल
  • काँचुली खबर

१६ साउन, नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन मिति नजिकिदै जाँदा टंक धामीले नेतृत्व गरेको समावेशी प्यानलले घरदैलो अभियानलाई तिब्रता दिएको छ ।

समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेसँगै घरदैलो अभियानलाई तिब्रता दिएको हो । नेपालगन्ज क्षेत्रका बिभिन्न समुदायका मतदाताहरुसँग प्रत्यक्ष भेटघाट गरेको धामी नेतृत्वको समावेशी प्यानलले मंगलबार पनि घरदैलो कार्यक्रमलाई निरन्तता दिएको छ ।

मंगलबार खजुरा गाउँपालिकामा घरदैलो अभियान सुरु गरिएको छ । मतदाताहरु माझ प्रत्यक्ष भेटघाटमा उत्रिएको समावेशी प्यानललाई मतदाताहरुले हौसला प्रदान गर्नुका साथै आफै प्रचार प्रसारमा जुट्ने गरेका छन् ।

टंकबहादुर धामी नेपालगन्जको उद्योग व्यवसायका क्षेत्रमा स्थापित नाम हो । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता समेत रहेका धामीले उद्योग, व्यवसायको क्षेत्रमा पुर्याएको योगदान उल्लेखनीय छ । व्यवसायी हकहितमा खरो रुपमा उत्रिने क्षमता भएका धामी यतिबेला समावेशी प्यानलको अध्यक्ष पदको उम्मेदवार हुन् ।

व्यवसाय सम्हाल्नुपूर्व धामीले बिद्यार्थी राजनीति समेत गरेका थिए । नेपालगन्जमा २०६० सालबाट रेडिमेड ब्यापार सुरु गरेका धामी शिद्धिबिनायक अर्डर एण्ड सप्लायर्स, धामी कमल ईन्टरप्राइजेज, मनिष ट्रेड लिंक, कमल गार्मेन्ट प्रालि, रामारोशन तयारी पोसाक प्रालिका सञ्चालक हुन् ।

धामी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय हुन् । रामारोशन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, अछामी सेवा समाजमा सल्लाहकार, लायन्स क्लब अफ नेपालगन्ज लगाएत समाजिक क्षेत्रमा उनको आवद्धता रहेको छ ।

  • १६ श्रावण २०८०, मंगलवार १५:५० प्रकाशित
  • Nabintech