२१ बैशाख २०८१, शुक्रबार
खानेपानि निर्वाचन अपडेट : ६०० मत गणनामा टेकनारायण अगाडि
  • काँचुली खबर

१२ साउन, काेहलपुर । काेहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रारम्भिक मतगणनामा लाेकतान्त्रिक प्यालनका उम्मेदवार टेकनारायण भुषाल अगाडि देखिएका छन ।

काेहलपुर नगरपालिकाकाे सभाहलमा भईरहेकाे मतगणना अन्तर्गत राती १२:३० बजेसम्म ६०० मत गणना सकिदा टेक नारायण भुषालले २४३ मत प्राप्त गरेका छन भने रूद्र खनालले १९७ र विष्णु तिवारीले १२७ मत प्राप्त गरेका छन ।

शुक्रबार भएकाे निर्वाचनमा कुल २ हजार ८८७ मत खसेकाे थियाे । बेलुका ७ बजेबाट सुरू भएकाे मतगणनामा हाल वडा नं. ११, १० र २ को मत गणना भईरहेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • १३ श्रावण २०८०, शनिबार ००:४५ प्रकाशित
  • Nabintech