२० बैशाख २०८१, बिहीबार
खानेपानीको निर्वाचन : २८८७ मत खस्यो, मतगणना आजै हुने
  • काँचुली खबर

१२ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचन सम्पन्न भएको छ । शुक्रबार बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म भएको निर्वाचनमा कुल ५१७२ मतमध्ये २८८७ मत मात्र खसेको छ ।

अहिले मतपेटीकाको मुचुल्का उठाएर शुरक्षित स्थानमा राख्ने काम भईरहेको निर्वाचन अधिकृत टिकाराम ढकालले जानकारी दिए । सुवेदीका अनुसार मतगणना आजै हुने भएको छ । बेलुका ७ बजेदेखी कोहलपुर नगरपालिकाको सभाहलमा मतगणना गर्ने सहमती भएको ढकालले बताए ।

खानेपानीको नयाँ नेतृत्वकालागी नेपाली काङग्रेसको लोकतान्त्रिक प्यानल, नेकपा एमाले, माओबादी, एकिकृत समाजवादी र राप्रपाको साझा समावेशी प्यानल र समावेशी स्वतन्त्र प्यानलका उम्मेदवारहरु निवार्चनमा होमिएका थिए । संस्थाको ८ वर्षपछि निर्वाचन भएको हो ।

  • १२ श्रावण २०८०, शुक्रबार १७:३० प्रकाशित
  • Nabintech