नर बहादुर मल्ल सहित तिन जनालाई बाँके काँग्रेसले गर्यो कारबाही
  • काँचुली खबर

१० साउन, कोहलपुर । नेपाली काँग्रेस बाँकेले कोहलपुर खानेपानी संस्थाका वर्तमान अध्यक्ष नरबहादुर मल्ल सहित तिन जना नेतालाई कारबाही गरेको छ । संस्थाको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा नेपाली काँग्रेसका पुर्व क्षेत्रीय सभापती समेत रहेका मल्ललाई काँग्रेसले पाँच वर्षकालागी निलम्वन गरेको हो ।

बुधबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै काँग्रेस बाँकेले मल्ल सहित कोहलपुर वडा नं. ५ का पूर्व अध्यक्ष विष्णु प्रसाद तिवारी र नेपाल शिक्षक संघका सदस्य हरीप्रसाद अधिकारीलाई कारबाही गरीएको जनाएको हो । जिल्ला अनुसाशन समितिको सिफारीसमा तिनै जनालाई ५ वर्षकालागी साधारण सदस्य समेत नरहने गरी कारबाही गरीएको नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिका सभापती बिरेन्द्र कुमार शाहले जानकारी दिए ।

खानेपानी संस्थाको सम्पत्ती हिनामिना गरेको आरोप लागेका मल्लले पार्टी बिरुद्ध गतिविधि गरेकाले कारबाही गर्नुपरेको शाहले बताए । उनले कोहलपुर खानेपानीको निर्वाचनमा काँग्रेसका आधिकारीक उम्मेदवारको बिरुद्धमा उम्मेदवारी दिएका तिवारी र उनलाई सहयोग गर्ने अधिकारी समेतलाई ५ वर्षकालागी पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरीएको बताए ।

यहि १२ गते हुन गईरहेको कोहलपुर खानेपानी संस्थाको निर्वाचनमा काग्रेसबाट बिद्रोह गरेका तिवारीले समावेशी स्वतन्त्र प्यानलबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका छन । बागी उम्मेदवारलाई साथ दिएको भन्दै काँग्रेस बाँकेले खानेपानीका वर्तमान अध्यक्ष मल्ल र अधिकारीलाई कारबाही गरेको हो ।

  • १० श्रावण २०८०, बुधबार १७:०३ प्रकाशित
  • Nabintech