तक्षशिला एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम संचालन
  • काँचुली खबर

९ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडेमीका विद्यार्थीमाझ ट्राफिक सचेतना कार्यक्रम संचालन गरीएको छ । कोहलपुर नगरपालिका १० मा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्राफिक नियमहरुका बारेमा जानकारी दिनुकासाथै बालबालिका मार्फत अभिभावकहरुलाई समेत सचेतना फैलाउने उद्धेश्यले विद्यालयहरुमा ट्राफिक सचेतनाका कार्यक्रम कार्ययोजना बनाई कार्यान्वयनमा ल्याईएको ट्राफिक प्रहरी सहायक निरीक्षक मदन सिंह कामतले बताए ।

कार्यक्रममा बालबालिकाहरुलाई सम्भावित दुर्घटना र त्यसबाट बच्ने उपाय, बाटो काट्न मिल्ने अवस्था र ट्राफिक चिन्ह सहितका सचेतनामुलक भिडियो देखाइएको थियो । दैनिक रुपमा राजमार्ग हुँदै विद्यालय जाने आउने क्रममा ट्राफिक सचेतना अभियानका क्रममा सिकेका कुराहरुले शुरक्षित हुन सहयोग पुर्याउने विद्यालयमै अध्ययनरत बालबालिकाहरुले बताएका छन ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले सानै उमेर देखि ट्राफिक सचेतनामा भाग लिएका बिद्यार्थीहरुबाट गाँउ समाजमा हुने दुर्घटना न्युनिकरणमा टेवा पुग्नेमा विश्वास ब्यक्त गरे । उनले ट्राफिक सचेतना अहिलेको जल्दो बल्दो आवश्यकता रहेको भन्दै ट्राफिक अभियानको खुलेर प्रशंसा समेत ब्यक्त गरे ।

विद्यालयका १०० बढि बिद्यार्थी सहभागिता रहेको कार्यक्रममा बिद्यालयले ट्राफिक प्रहरीहरुलाई सम्मान स्वरुप मायाको चिनो समेत प्रदान गरेको बिद्यालयका अध्यक्ष बिष्णु प्रसाद वेल्बासेले बताए ।

विद्यालयले शिक्षण सिकाईका अलावा विद्यालयमा समय समयमा ब्यबहारीक, शिपमुलक तथा सन्देश मुलक अतिरिक्त क्रियाकलाप पनि संचालन गर्दै आईरहेको छ ।

  • ९ श्रावण २०८०, मंगलवार १७:३५ प्रकाशित
  • Nabintech