६ साउन, कोहलपुर । नेपाली काँग्रेसका संस्थापक तथा पूर्व प्रधानमन्त्री वि.पी. कोईरालाको स्मृतीमा कोहलपुरमा बृक्षारोपण गरिएको छ । नेपाल बिद्यार्थी संघ बाँकेले वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा बृक्षारोपण गरिएको छ ।
वि.पि. कोईरालाले नेपाली राजनीतिमा पुर्याएको योगदान र प्रजातन्त्र स्थापनामा राजनीतिक नेतृत्व प्रदान गरी व्यवस्था परिवर्तनको पर्याय रहेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले चर्चा गरिन् । उनले लोकप्रिय जननेता ईतिहासमा कोही छ भने, बि.पि. कोईराला नै रहेको जिकिर गर्दै उनले तत्कालिन समयमा अघि सारेका राजनीतिक सिद्धान्त अहिले पनि समय सापेक्ष रहेकाले दुरदर्शी राजनीतिज्ञ स्व। कोईरालाको ४१औं स्मृती दिवसका अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममना सरिक हुने अवसर दिएको नेपाल विद्यार्थी संघ बाँकेलाई धन्यवाद व्यक्त गरिन् ।
यस्तै नेपाल विद्यार्थी संघ बाँके अध्यक्ष उपेन्द्र बिष्टले नेपाली राजनीतिका शिखर पुरूष स्व. कोईरालाको चर्चा जति गरेपनि कमी हुने बताए । तत्कालिन समयमा प्रजातन्त्र स्थापना गर्न स्व. कोईरालाले लामो समय जेल जीवन व्यतित गर्न बाध्य हुँदा पनि प्रजातन्त्रको मुद्दामा अडिक रही देखाएको मार्गदर्शनलाई सबै नेपालीले आत्मसाथ गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रमा नेपाली कांग्रेसका युवा नेता यज्ञ महरा, बिद्यार्थी नेता युवराज बिष्ट लगाएत नेपाल बिद्यार्थी संघ सम्बद्ध बिद्यार्थीहरूको उपस्थिति रहेको थियो ।
६ श्रावण २०८०, शनिबार १३:३९ प्रकाशित