२ असार, नेपालगन्ज । प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगञ्जस्थित कार्यालयमा लगाईएको ताला खुलेको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको निरन्तर अनुगमनसहित समन्वय र सहकार्य गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
बाँके जिल्ला खेलकुद समितिका अध्यक्ष सन्दीपजंग शाहले सहमतिपछि आन्दोलन स्थगित गरिएसँगै प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगञ्जस्थित कार्यालयमा लगाइएको ताला पनि खोलिएको बताए । उनले अब कुनै पनि निर्माण कार्य गर्दा जिल्ला र प्रदेशसँग समन्वय गरेर मात्र गर्ने सहमति भएको जनाउँदै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको हालसम्म भएको भुक्तानीको बिलविजक सार्वजनिक गरिने सहमति पनि भएको बताए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खेल पदाधिकारीले आन्दोलन गरेर तालाबन्दी गरेपछि मङ्गलबार नेपालगञ्ज पुग्नुभएका प्रदेश खेलुकद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, राखेपका सदस्य दीपेन्द्र विष्टसहितको सहभागितामा भएको छलफलमा आन्दोलन स्थगित गर्ने सहमति बनेको हो ।
२ श्रावण २०८०, मंगलवार १६:४० प्रकाशित