अमुक पार्टिका उम्मेदवार जिताउन नगरपालिका प्रवक्ताकाे आह्वान
  • काँचुली खबर

२ साउन, कोहलपुर । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको चुनावकाे मिति तय भईसकेकाे छैन । तर चिर्वाचनकाे नतिजा आफू अनुकुल बनाउन अस्वस्थ खेल सुरू भईसकेकाे छ । आसन्न चुनावका लागि सिंगो नगरपालिका नै एक अमुक पार्टिको चुनाव प्रचारमा उत्रिएपछि अहिले सर्बत्र आलोचना भईरहेको छ ।

नगर प्रवक्ता वडा नं. १४ का वडा अध्यक्ष नम प्रसाद आले मगरको तस्विर राखिएको ‘प्रवक्ता कोहलपुर नगरपालिका’ भन्ने फेसबुक पेजबाट निर्धक्क नेपाली काङ्ग्रेसका उम्मेदवार टेक नारायण भुसालको टिमलाई जिताउन भन्दै सबैसंग निर्लज्ज अपिल गरेका छन । उक्त अपिलले कोहलपुर नगरपालिकाका तर्फबाट नै उम्मेदवार खडा गरिएको हो की भन्ने भ्रम सिर्जना भएको छ ।

एउटा जनप्रतिनिधी त्यसमा पनि नगर प्रवक्ता आलेले आफ्नो पदिय मर्यादा समेत भुलेर अमुक पार्टिको प्रचार गरेपछि सामाजीक सञ्जालमा त्यसकाे बिराेध भईरहेकाे छ । पहुँच र पावरको आडमा जे पनि गर्न पाईन्छ भन्ने मानशिकताकाे उपजका रूपमा प्रवक्ताले यस्ताे हर्कत गरेकाे भन्दै स्थानिय ब्यापारी भागिराम वलिले आक्राेश ब्यक्त गरेका छन । उनले सामाजिक संजालमा लेखेका छन, ‘जननिर्वाचित जनप्रतिनिधि सबैको साझा बन्नुपर्छ र हुनुपर्छ । खानेपानी जस्तो सार्वजनिक संस्थानमा संस्थाको कार्य समिति चयनको प्रकृयामा यसरी पालिकाको प्रवक्ताको आईडिबाट पोष्ट हुन/गर्नु गम्भीर त्रुटिपूर्ण छ । यस कार्यको घोर भत्सर्ना गर्दछु ।’

यसैगरि लोकेन्द्र खत्रिले नगरपालिकाको प्रवक्ताको आधिकारिक फेसबुक पेजबाट एउटा संस्थाको चुनावमा अमुख नेताको प्रचार गरिनु गलत कार्य भएकाे उल्लेख गर्दै पदिय मर्यादा कायम गरौ भन्दै सुझाव दिएका छन ।

‘कोहलपुर नगरपालिकाको प्रवक्ता नामक आईडीबाट पोस्ट गरिनु निन्दनीय र अनैतिक कार्य हो । नगरपालिका नै काङ्ग्रेस पालिका भैसक्यो’ बिरेन्द्र सुबेदीले कमेन्ट गर्दै आफनो बिचार ब्यक्त गरेका छन ।

लेख क्षेत्रिले ‘सही तर जस्को शक्ति उसैको दम्भ प्रदर्शन हुने हाम्रो देशमा यो विषय नै हाेईन, किनभने कुनै पनि राजनीतिक दल यसबाट अछुतो छैनन्’ भन्दै रोष प्रकट गरेका छन ।

यद्यपि यस विषयले नगर प्रवक्ताको भने छाला छेड्ने गरी आलोचना भएको छ । उनीमाथि चेतनाको स्तरमा समेत प्रश्न उठेको छ भने कतिपयले सामाजिक संजाल प्रयाेगकर्रताले  नैतिकताको आधारमा प्रवक्ताबाट राजिनामा दिन सुझाव दिएका छन ।

कार्यपलिका सदस्य सुधन ढकालले पत्रकारहरुलाई बोधार्थ लेख्दै ‘नगर पालिकाको हरि बिजोग, यो कस्तो जिम्मेवारी हो प्रबक्ता ज्यु ? बिश्वास त फरक-फरक हुन्छ तर म को हु ?  मेरो जिम्मेवारी के हो ? मैले के गर्न हुन्छ ! हुदैन भन्ने त हेक्का हुनुपर्छ ।’ भन्दै प्रश्न तेर्साएका छन । पार्टीको प्रवक्ता हो कि कोहलपुर नगरपालिका को भन्ने प्रश्न गर्दै उनले पदिय मर्यादा भन्दा बाहिर गएर यस्तो खाले अभिव्यक्ति दिनेलाई कानुन कार्बाहि हुन्छ कि नाइ ? भन्दै प्रतिप्रश्न गरेका छन ।

यस अघि कोहलपुर खानेपानीको नेतृत्व नेपाली काङ्ग्रेस नर बहादुर मल्लले लिएका थिए । आठ वर्षसम्म साधारणसभा गराउन नसकेका मल्लले ब्यापक दवाव पछि बल्ल तल्ल साधारण सभाको आह्वान गरि नयाँ नेतृत्व चयनको चरणमा खानेपानी उपभोक्ता संस्था पुगेको अबस्थामा फेरी पनि दलिय सिण्डीकेट बमोजिम निर्बाचन तयारी हुदै गर्दा दलगत नेतृत्व रहँदासम्म खानेपानीमा बेतिथी र भ्रष्टाचार रोकिनेमा आम नागरिकहरुले आशंका गर्दै आएका छन ।

यस अघि कोहलपुरका दलहरुको भागभण्डामा पर्दा चरम बेतिथी, अनियमितता र भ्रष्टाचार समेत भएको छानबिन समतीको प्रतिबेदनले औंल्याएको छ । सबै दल मिलेर अबरोध गरेका भन्दै काम चलाउ अध्यक्ष नर बहादुर मल्लले अदालतमा मुद्धा समेत दायर गरेका थिए तर अदालतले स्टे अर्डर दिन अस्विकार गरेपछि खानेपानीको निर्बाचनको बाटो खुलेको हो ।

कोहलपुर नगरपालिकाका प्रवक्ताले यसरी सार्वजनिक रुपमा अमुक पार्टिका उम्मेदवारका पक्षमा भाेट माग्नुले निर्वाचन प्रक्रिया निश्पक्ष हुनेमा आशंका उब्जिएको छ ।

दलहरुले आफनो तर्फबाट उम्मेदवारी दिंदै गर्दा स्वतन्त्र अभियान चलाएका युवाहरुले समेत आफ्नो उम्मेदवारी रहने जनाउदै आएका छन । निर्वाचनको कार्यक्रम घोषणा नभएका कारण आफुहरुले उम्मेदवारी बाहिर नल्याएको भन्दै कोहलपुर १० का संजय मण्डलले अबको निती र नेतृत्व तहमा बालेन साह, हर्क साङपाङ र गोपाल हमाल जस्ता ब्यक्तिहरु नआउदा सम्म नयाँ बोत्तलमा पुरानो मदिरा जस्तै किस्सा दोहरीरहने जिकिर गर्छन ।

घटनाकाे बारेमा काेहलपुर नगरपालिकाका प्रवक्ता नम प्रसाद आलेले ब्यक्तिगत सामाजिक संजालमा हाल्न खाेजिएकाे कुरा प्राविधिक त्रुटीवश नगरपालिकाकाे आधिकारीक संजालबाट पाेष्ट हुन गएकाे भन्दै अन्जानमा गल्ति भएकाे प्रतिक्रिया दिएका छन ।

  • २ श्रावण २०८०, मंगलवार १२:३८ प्रकाशित
  • Nabintech