आजदेखी नेपालगन्जमा चौबिसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा
  • काँचुली खबर

१ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले आजदेखि चौविसै घण्टा नि:शुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नि:शुल्क एम्बुलेन्स सेवाको उद्घाटन गरेका छन । उनले चालकलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरेर सेवा प्रारम्भ गरेका हुन ।

पाँच वटा एम्बुलेन्स बिरामीको सहजताका लागि चौबीसै घण्टा उपलब्ध हुने गरी परिचालन गरिएको नगर प्रमुख प्रशन्त विष्टले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नगरप्रमुख विष्टले भने, “नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति गरेको सन्दर्भमा हामीले सानो सुरुवात गरेका छौं, यसबाट नेपालगञ्जवासी मात्रै नभई अन्यत्रबाट यहाँ आउने नागरिकले समेत लाभ लिन पाउनुहुनेछ ।” यसबाट गर्भवती र नवजात शिशुसहित ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिसहित आम नगरवासीले सेवा पाउने नगरप्रमुख विष्टले बताए ।

नेपालगञ्ज नगरपालिकालाई उप-महानगरपालिका बनाउँदा गाभिएका साविकका गाउँ विकास समितिमा अहिले पनि स्वास्थ्य सेवा उपभोगको अवस्था कमजोर छ ।

नेपालगञ्ज उप-महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दका अनुसार गत आवमा नेपालगञ्जमा ९ जना आमाको प्रसूति अवस्थामा निधन भएको तथ्याङ्क छ । उनीहरुमध्ये अधिकांशको स्वास्थ्य संस्था नपुग्दै र बीच बाटोमै निधन भएको चन्दले बताए।

चन्दले भने, “नेपालगञ्ज सुगम भए पनि पछि थपिएका वडाका टोलहरु अहिले पनि विकट क्षेत्रका रुपमा छन, निःशुल्क एम्बुलेन्स सेवा उनीहरुका लागि बढी प्रभावकारी हुनेछ।”

नगरवासीले टेलिफोनमार्फत जानकारी गराएपछि तत्कालै एम्बलेन्स सेवा उपभोग गर्न पाउने उप-महानगरपालिकाले जनाएको छ । निस्शुल्क एम्बुलेन्स सेवाकालागि ९८०८८६४८८९, ९८०८८६५०९९ नम्बरमा सम्पर्क गर्न उपमहानगरपालिकाले नगरवासीलाई आग्रह समेत गरेको छ ।

  • १ श्रावण २०८०, सोमबार १०:४० प्रकाशित
  • Nabintech