तक्षशिला सहित बाँकेका चार उत्कृष्ठ विद्यालय पुरस्कृत
  • काँचुली खबर

२९ असार, कोहलपुर । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ ।

बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई लुम्बिनी प्रदेशको राजधानी भालुवाङ्गमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरीएको हो ।

सम्मानीत हुनेमा कोहलपुरको लक्षशिला एकेडेमी, पञ्चमुखी ई.मी. स्कुल तथा नेपालगन्जको हिमालय विद्या निकेतन र होप इन्टरनेशनल एकेडेमी रहेका छन् ।

तक्षशिला एकेडेमीकी छात्रा सलिना पौडेल, पञ्चमुखी ई.मी. स्कुलकी छात्रा पुजा खत्री, हिमालय विद्या निकेतनमा अध्ययनरत जोएल गिरी र कविता सुनार र होप इन्टरनेशनल एकेडेमीकी छात्रा गौरी अग्रवालले यस वर्षको एसईई परिक्षामा उत्कृष्ट नम्बर ल्याएका थिए ।

नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख अतिथ्यतामा र नेशनल प्याब्सनका लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेतको अध्यक्षता आयोजना गरीएको उक्त कार्यक्रममा सम्मानित विद्यालय तथा विद्यार्थीहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्ण पौडेल, केन्द्रिय सदस्य बामदेव न्यौैपाने लुम्बिनी प्रदेशका सह(कोषाध्यक्ष कमल पछाई, , नेशनल प्याब्सनका बाँकेका अध्यक्ष श्याम कुंवर, नेशनल प्याब्सन बाँकेका प्रथम उपाध्यक्ष किशोर राज मल्ल, द्वितीय उपाध्यक्ष चिरिञ्जवी चन्द लगायत विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो ।

  • २९ असार २०८०, शुक्रबार १४:११ प्रकाशित
  • Nabintech