२६ असार, कोहलपुर । ज्ञान ज्योती माध्यामिक बिद्यालयको ब्यबस्थापन समिती अध्यक्षमा दशरथ पराजुली सर्बसम्मत चयन भएका छन । कोहलपुर नगरपालिका १२ मा रहेको उक्त विद्यालयको अध्यक्षमा पराजुली पुन चयन भएका हुन ।
विद्यालयमा बिबादका कारण लामो समय बिद्यालय ब्यबस्थापन समिती चयन हुन सकेको थिएन । पराजुलि संगै अन्य सदस्यमा सहमत भएपछि बिद्यालय ब्यबस्थापन समितीले पुर्णता पाएको हो । पराजुलि लामो समयदेखि उक्त बिद्यालयको अध्यक्ष रहँदै आएका छन ।
सोमबार भएको भेलाबाट सदस्यहरुमा गुरुवचन चौधरी, सिता सिंह ठकुरी, गोमा सापकोटा, बलराम थारु र धनसरा कामि पनि सर्बसम्मत चयन भएको बिद्यालयका प्रधानाध्यापक बिनोद लम्सालले जानकारी दिए ।
२६ असार २०८०, मंगलवार १५:२८ प्रकाशित