घरेलु तथा साना उद्योग महासंघ कोहलपुरको भवन उद्घाटन
  • काँचुली खबर

२४ असार, कोहलपुर । नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीको नवनिर्मित भवन उद्घाटन गरीएको छ । महासंघको चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनका अबसरमा लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आईतबार भवनको उद्घाटन गरेका हुन ।

नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले एक घर एक उद्योगको अवधारणमा प्रदेश सरकार अघि बढ्न चाहेको बताए । साना साना उद्योगमा लगानी गर्दै जनतालाई आत्मनिर्भर बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताउदै मुख्यमन्त्री चौधरीले स्थानिय उत्पादनलाई प्राथामिकता दिंदै विश्व बजारमा उत्पादित बस्तुहरु निकासिमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले अनुदानमा भर पर्ने नभएर सस्तो ब्याजदरमा ऋण लिएर साना साना उद्योग खोल्न प्रोत्साहन गर्ने प्रदेश सरकारको निति रहेको समेत प्रष्ट पारे ।

“अहिले अनुदान खाने भन्ने प्रचलन छ, अनुदान खाने हैन उत्पादनमा जोड्ने माध्यम हो” भन्दै मुख्यमन्त्री चौधरीले यहि कुराआम जनस्तरमा बुझाउन नसक्दा अनुदान खेर गईरहेको बताए । उनले अब अनुदान हैन अपनत्व बढ्ने गरी साना तथा मझौला उद्यमीहरुलाई कर्जा प्रबाह गरिने समेत उल्लेख गरे ।

स्थानियस्तरमा परम्परदेखि प्रचलनमा रहेका तर ब्राण्डेड हुन नसकेका घरेलु उत्पादनलाई समेत प्रदेश सरकारले ब्रान्डेड गर्ने योजना अघि सारेको बताउँदै मुख्यमन्त्री चौधरीले स्थानियस्तरबाट आएका त्यस्ता योजनाहरुकालागी बजेटको कमि हुन नदिने प्रतिवद्धता समेत जनाए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरपालिका समितीका अध्यक्ष हेम बिक्रम जिसिको अध्यक्षमा आयोजित चौथो बार्षिक साधारण सभा तथा तेस्रो नगर अधिबेशनमा प्रदेश सभाका सांसदहरु दुर्गा प्रसाद चौधरी, कृष्णा केसी (नमुना), बसन्ति अधिकारी ,सञ्जु कुमारी थारु, नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुबेदी, घरेलु महासंघका केन्द्रिय नेता, स्थानिय घरेलु उद्योगका लघु उद्यमी, बिभिन्न दलका प्रतिनिधि, बुद्धिजिवि, पत्रकारहरुको सहभागिता रहेको थियो ।

  • २४ असार २०८०, आईतवार १७:२८ प्रकाशित
  • Nabintech