ज्ञानपुञ्ज स्कुलले गर्यो राजनितिक दललाई पत्राचार, के हो विवाद ?
  • काँचुली खबर

२१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालयको विवाद सतहमा आएको छ । दलिय सहमतीका आधारमा गत चैत्र ९ गते विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरीएको थियो । तर विद्यालयले पुन: शिक्षक अभिभावक संघ गठनका लागि भन्दै असार १९ गते बिभिन्न दललाई पत्राचार गरेपछि बिभिन्न टिकाटिप्पणी सुरु भएका छन ।

बिद्यालयका प्रधानाध्यापक मोहन चौधरीले चैत्र ९ गते वडा स्तरीय पार्टी प्रतिनिधिहरुको बैठकले सिफारीस गरेका शिक्षक अभिभावक संघको पदाधिकारीहरुको नामावलीमा नेकपा एमाले र माओबादी बाहेक अन्य दलका अभिभावकहरु समाबेश नभएको भन्दै बिद्यालय क्षेत्रका बिभिन्न दलहरुलाई पत्राचार गरेपछि शैक्षिक क्षेत्र तरंगित भएको छ ।

पुर्व शिक्षक समेत रहेका हेम कुमार रावतले आफ्नो फेसबुक वालमार्फत उक्त कुराको रो आलोचना गरेका छन । उनले सामाजिक संजालमा यस्तो लेखेका छन, ‘मा यो पत्र को आसय के हो ? बिद्यालयमा पनि दलहरुको प्रतिनिधि चाहियो ! यस्तो त अहिलेसम्म थाहा पायको थियन । बिद्यालयको लेटर प्याडमा सिधै पार्टिका प्रतिनिधि माग गरियो । कहि नभयको ।’

‘यो त अति भयो’ भन्दै जय बहादुर बिष्टले यसरी कोहलपुर शैक्षिक हब बन्छ र प्रधानाध्यापक ज्यु ? भन्ने प्रश्न गरेका छन । शिक्षक अभिभावक संघमा त दलको होईन अभिभावकको प्रतिनिधित्व हुने होला नि ? भन्दै उनले प्रतिप्रश्न समेत गरेका छन ।

चैत्र ९ गते नेपाली काँग्रेसले नेकपा माओबादीलाई सर्मथन गर्दै संघ गठनको काम टुङ्गाई सकेको भएपनि विद्यालयको लेटरप्याड दुरुपयोग गर्दै पुन: भेला बोलाईनुले प्रधानाध्यापकले अमुक रुपमा पार्टि प्रवक्ताको भुमिका निभाएको आरोप लाग्न थालेको छ । नेपाली काँग्रेस निकट मानिने चौधरीले काँग्रेसका प्रतिनिधि पनि सहभागिता गराउने अर्को फण्डा स्वरुप पुन: पत्राचार गरेको केहि शिक्षकहरुले आरोप लगाएका छन ।

गत चैत्रमा शिक्षक, अभिभावक संघ गठनका लागि समन्वय समितीका संयोजक गणेश थापाको संयोजकत्वमा बसेको बैठकले दलिय भागभण्डा गर्दा अध्यक्षमा सृजना शाहि, सदस्यहरुमा शुशिला वलि, कमला सापकोटा, टिका सापकोटा माओबादिबाट चयन भएका थिए भने अन्य सदस्यहरुमा एमालेबाट मान बहादुर बि।सि, धनिसरा शाही, जयकला बुढाथोकि, कलावती चौधरी र जोवननाथ शाहि चयन भएका थिए ।

चयन भएसंगै उक्त माईन्युटमा नेपाली काँग्रेसले नेकपा माओबादीलाई पुर्ण रुपमा सर्मथन गरेको समेत उल्लेख गरिएको थियो ।

कोहलपुर पुर्वपश्चिम राजमार्गसंगै एनसिसिएनमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालय २०६१ सालमा कोहलपुर ४ पशुपतिनगरमा स्थानान्तर गरिएको थियो । एसएलसिमा जिल्लामै उत्कृष्ठ नतिजा ल्याएर चर्चा कमाएको बिद्यालय अहिले प्रधानाध्यापकको रबैयाले विवादित हुन पुगेको छ ।

यस बिषयमा जानकारी लिन खोज्दा बिद्यालयका प्रधानाध्यापक चौधरीसँग सम्पर्क हुन सकेन ।

  • २१ असार २०८०, बिहीबार १३:५० प्रकाशित
  • Nabintech