२० असार, नेपालगन्ज । अवधी र थारु भाषी पत्रकारहरुका लागि आठ महिने फेलोशिप कार्यक्रम संचालन गरिएको छ । स्वतन्त्र र समावेशी पत्रकारितालाई मुलप्रवाहीकरणमा ल्याउन अवधी, थारु र मुस्लिम पत्रकारहरुको पेशागत दक्षता, आत्मनिर्भरता र पत्रकारिता क्षेत्रमा मूलप्रवाहीकरण गर्नका लागि पत्रकारलाई फेलोशिप प्रदान गरिएको हो ।
युएसएआईडी द एशिया फाउण्डेशनको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा संचालित “नागरिक समाज र मिडिया” परियोजना अन्र्तगत लुम्विनी प्रदेशस्तरिय फेलोशिप कार्यक्रम शुरु भएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
लुम्विनी प्रदेशका ५ जिल्ला (बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तु र रुपन्देही) मा अवधी र थारु भाषी १५ जना पत्रकारलाई फेलोशिप कार्यक्रम शुरु गरिएको संस्थाका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए । उनका अनुसार अवधी र थारु समुदायका सिमान्तकृत, मुस्लिम अल्पसंख्यक, विपन्न, लोपउन्मुख चिडीमार र मंगन्ता समुदायका युवायुवतीलाई पत्रकारिता क्षेत्रमा दक्ष बनाउनका लागि फैलोशिप उपलब्ध गराइएको हो । अध्यक्ष तिवारीले अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई पत्रकारहरुले उठाएर लाभ लिनुपर्नेमा जोड दिए ।
यसैक्रममा फेलोशिपमा छनौटमा परेका पत्रकारहरुका लागि तीनदिने सवाल पहिचान, फिचर लेखन र खोजमुलक रिपोर्टिङ्ग कार्याशाला नेपालगन्जमा शुरु भएको छ । आज बुधबार विहान कार्याशालाको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले लोप हुन लागेको अवधी भाषाको संरक्षणमा यो फेलोशिपको कार्यक्रमले मद्दत पुर्याउने भन्दै अवधी समुदायका सवाललाई सञ्चार माध्यममा प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए ।
उहाँले सत्य तथ्यका आधारमा निश्पक्ष र स्वतन्त्र पत्रकारितालाई जोड दिदै ओझेलमा परेका पत्रकारहरुको क्षमता विकास गर्न आवश्यक भएको बताए । कार्यक्रममा अवधी पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोलेको थिए ।
तालिममा पत्रकारहरु शुक्रऋषि चौलागाई, युवराज पाण्डे, एकराज चौधरी, विजय बर्मा, राकेश मिश्रलगायतले अवधी र थारु समुदायका सवाल पहिचान, फिचर र खोजमुलक रिपोर्टिङ्गका पक्षका बारेमा सहजीकरण गर्नुहुनेछ । संस्थाले अवधी र थारु भाषी १५ जना पत्रकारलाई आठ महिने फेलोशिप कार्यक्रम संचालन गरेको संस्थाका कार्यक्रम संयोजक रविन्द्र ज्ञवालीले बताए ।
२० असार २०८०, बुधबार १६:५५ प्रकाशित