जन्मको आधारमा बाँकेका ४२३ जनाले पाए नागरिकता
  • काँचुली खबर

१७ असार, नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मका आधारमा नागरिकता वितरण सुरु गरेपछि कार्यालयमा नागरिकता लिने सेवाग्राहीको भीड बढ्न थालेको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार यहाँ वंशजको नागरिकता लिनका लागि दैनिक पाँच सयसम्म मानिस पुग्न थालेपछि एक दिनमा सय जनाको मात्र आवेदन लिन थालेको छ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले असार १० गतेबाट जन्मको आधारमा नागरिकता वितरण सुरु गरिएकोमा हालसम्म ४२३ जनालाई नागरिकता वितरण गरिसकिएको बताए ।

प्रजिअ आचार्यका अनुसार अहिले एक दिनमा सय जनालाई मात्र नागरिकता वितरण गर्न सकिएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार जनशक्तिको अभावले गर्दा सबैलाई नागरिकता दिन नसकिएको जनाउँदै सहजताका लागि अनलाइन टोकन प्रणाली सुरु गरिएको छ ।

टोकन प्रणाली सुरु गरिएपछि सेवाग्राहीलाई सहज भएको र सो बाट आफूले कहिले नागरिकता पाउने जानकारी हुने गरेकोले दिनदिनै प्रशासन धाउनुपर्ने बाध्यता हटेको सेवाग्राहीले बताएका छन् ।

लामो समयपछिको प्रतिक्षापछि जन्मको आधारमा वंशजको नागरिकता पाएपछि नेपालगन्जका युनुस राई निकै खुशी छन । उनले ढिलै भए पनि सरकारले नागरिकता दिएकोमा वर्ग लागिरहेको बताए ।

जिल्ला प्रशासनका अनुसार बाँकेमा मात्रै १० हजार बढीले टोलीबाट जन्मको आधारमा नागरिकता लिएका थिए । उनीहरुका करिब २५ हजार सन्तानलाई वंशजको नाताले नागरिकता वितरण गर्नुपर्ने छ ।

नागरिकता लिन आउनेको घुँइचोअनुरुप सरकारले कर्मचारीको व्यवस्थापन गर्न नसक्दा सेवाग्राही मारमा परेको केही सेवाग्राहीको गुनासो छ ।

  • १७ असार २०८०, आईतवार १३:३८ प्रकाशित
  • Nabintech