१३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको सङ्ख्या यो भन्दा पनि धेरै बढी हुनसक्ने अनुमान गरिएको छ ।
सङ्क्रमण जिल्लाभर फैलिएपनि किसानले खोपको सुविधा नपाउँदा समस्या झनै बढ्दै गएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अधिकृत तथा पशु चिकित्सक डा. रुपेन्द्रकुमार ओलीले जिल्लामा तीव्र गतिमा ‘लम्पी स्किन’को सङ्क्रमण फैलिएपनि अझैसम्म खोप उपलब्ध नहुँदा समस्या बढेको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पशु चिकित्सक ओलीले जिल्लामा हालसम्म सो सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको र दश हजार भन्दा बढी सङ्क्रमित भएको जानकारी पालिकाहरूबाट आएको बताए । उनले भने, “केही किसानले निजी स्तरबाट भ्याक्सिन लगाउनुभएको होला तर जिल्लामा अझै भ्याक्सिन आएको छैन ।” घाउ, खटिरा आएकालाई ड्रेसिङ गर्ने काम भइरहेको जानकारी दिँदै डा. ओलीले भाइरसबाट सर्ने रोग भएकाले खोप बाहेक यसको दिगो उपचार नभएको बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार नेपालगञ्ज उपमहानगरपालिका सहित सबै स्थानीय तहमा उक्त भाइरसको सङ्क्रमण देखिएको भएपनि सबैभन्दा बढी खजुरा, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका पशुहरू सङ्क्रमित भएको बताए ।
यसैबीच सङ्घीय सरकारले ‘लम्पी स्किन’को अवस्था बुझ्न र सो बारेमा निर्णय लिन डा. टंकप्रसाद प्रसाईँलाई लुम्बिनी प्रदेशको फोकल पर्सन तोकेर पठाएको छ । पशु चिकित्सक ओलीले डा. प्रसाईँले बाँकेमा पुगेर प्रभावित पालिकाहरूमध्ये खजुरा गाउँपालिकाको अवस्थाबारे जानकारी लिएको र समग्र अवस्था बुझेकाे जानकारी दिए ।
नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा. शङ्कर न्यौपानेले सङ्क्रमणबाट पशु चौपायाको मृत्युपछि किसानले ठुलो आर्थिक नोक्सानी व्यहोर्नु परेको बताए । सचिव डा. न्यौपानेले पशुलाई धेरै ज्वरो आउनु, शरीर र मुखमा फोका जस्ता खटिरा निस्कनु, श्वासप्रश्वासमा समस्या हुनु, दानापानी नखानु र दुधालु पशु भए दूधको उत्पादन घट्नु र गर्भ तुहिनु सङ्क्रमणको मुख्य लक्षण भएको जानकारी दिए । उनले यसको रोकथामका लागि सबै पशुलाई खोप दिनुको विकल्प नरहेको पनि बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगन्जका अनुसार बाँकेमा करिब एक लाखको हाराहारीमा भैँसी र ६० हजारको हाराहारीमा गाई रहेका छन् । तीमध्ये अधिकांशले ‘लम्पी स्किन’को खोप पाएका छैनन् ।
गाेरखापत्रबाट
१३ असार २०८०, बुधबार ०९:२८ प्रकाशित