गोरखा स्कुलले शैक्षिक सुधारकालागि पञ्चवर्षिय गुरुयोजना बनाउने
  • काँचुली खबर

२७ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले विद्यालयको शैक्षिक सुधारकालागि पञ्चवर्षिय गुरुयोजना बनाउने भएको छ । २२औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै विद्यालयका संचालक तथा अध्यक्ष केशर बहादुर आलेले पारीवारमैत्री शैक्षिक गतिविधि संचालनकालागि वातावरण अनुकुलीत कक्षा कोठाको अवधारण अघि सारीएको बताए ।

पञ्चवर्षिय गुरुयोजना अन्तर्गत विद्यालय परीसरमा एसी प्लान्ट निर्माण गरेर एसी सुविधा सहितको प्रविधिमैत्री कक्षा कोठाको ब्यवस्थापन गर्न लागिएको बताउँदै आलेले विद्यार्थीहरुलाई कितावी ज्ञानका अलावा ब्यवहारीक र साँस्कृतीक सिकाईमा समेत जोड दिएको बताए ।

उनले विद्यालयले प्रत्येक वर्ष १२ कक्षासम्मका १५१ विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गर्दै आईरहेको बताए । छात्रवृत्ति मार्फत मासिक ४ लाख ४२ हजार ३८७ रुपौयाँ लगानी गर्दैै आईरहेको विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत लगानी गर्दै आईरहेको आलेले दाबी गरे ।

विद्यालयको २२औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले कोहलपुर क्षेत्रको शैक्षिक विकासमा गोरखा स्कुलले पुर्याएको योगदानको चर्चा गरेकी थिईन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी सुवेदीले विद्यालयले शिक्षण सिकाईका अलावा वालवालिकाहरुको अतिरिक्त क्रियाकलापमा समेत ध्यान दिनुपर्ने धारणा राखेकी थिईन ।

कोहलपुर नगरपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रमुख सुवेदीले आगामी ४ वर्षभित्र कोहलपुर क्षेत्रमा रहेका विद्यालय भवनलाई टिनको छानामुक्त गर्ने अभियान समेत संचालन गरीएको बताईन । उनले कोहलपुरलाई शैक्षिक हबका रुपमा स्थापित गर्न नगरपालिका लागीपरेको जिकिर समेत गरीन ।

विद्यालयकै विद्यार्थीद्धवय स्मृती विष्ठ र उमेश शर्माले संचालन गरेको कार्यक्रममा वर्षभरी भएका विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत गरीएको थियो भने उत्कृष्ट शिक्षकका रुपमा तारा अर्याल र कर्मचारीमा बेल बहादुर खड्कालाई कदरपत्र प्रदान गरीएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितीका उपाध्यक्ष सिता कार्की, कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विक, नगर शिक्षा शाखा कोहलपुरका अधिकृत रबिलाल मिजार, प्याब्सन बाँकेका अध्यक्ष याम रावत, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा लगाएतको उपस्थिती रहेको थियो ।

  • २७ जेष्ठ २०८०, शनिबार १५:४६ प्रकाशित
  • Nabintech