२३ जेठ, काेहलपुर । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ निवासी रविन्द्र रेग्मीको रहस्यमय मृत्यु भएको छ । सोमवार दिउसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलवार बिहान पूर्वपश्चिम राजमार्गको ढकेरी क्षेत्रमा शब फेला परेको हो ।
‘हामी घटनास्थलमै छौं, शब फेला परेको छ,’ बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले भने, ‘घटनाबारे गम्भीर अनुसन्धान शुरु गरेका छौं ।’ प्रहरीले घटनास्थल अनुसन्धानका लागि कुकुरसमेत परिचालन गरेको जनाएको छ ।
‘सडक छेउ मोटरसाइकल छ, शरिर जलेको अबस्था देखिन्छ, प्रत्यक्षदर्शीले भने, ‘घटना कसरी के भएको होला भन्ने अनुमान गर्न गाह्रो छ ।’
घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प. ८२२४ नं. को मोटरसाइकलमा निस्किएका ४२ वर्षीय रेग्मी प्राध्यापन पेशामा आवद्ध थिए । घरनजिकै उद्योगसमेत सञ्चालन गर्दै आएका उनी बेपत्ता भएपछि धेरै किसिमका आशंका गरिएका थिए ।
उनकाे सोमवार राती करिब १०ः३२ बजेदेखि मोवाइल स्वीचअफ भएपछि परिवारले साेधखाेज सुरू गरेका थिए ।
२३ जेष्ठ २०८०, मंगलवार १७:४९ प्रकाशित