कहिँ पनि सीमाको विकल्पबारे प्रस्ताव गरेको छैन : प्रधानमन्त्री प्रचण्ड
  • काँचुली खबर

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले भारत भ्रमण परिणाममुखी भएको बताएका छन् । भारत भ्रमणबारे सोमबार संसद्लाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग कुनैपनि पनि सीमा विकल्पबारे प्रस्ताव नगरेको दावी गरे।

प्रचण्डले भने,‘प्रष्ट होस् मैले कहिँ पनि विकल्पबारे प्रस्ताव गरेको छैन । कालापानी लिम्पियाधुरा नेपालको भूमि हो । बंगलादेश मोडेलको कुरा मैले भनेको होइन । मैले त्यहिअनुसार आफ्नो भूमिका खेलेको छु । सिधा देखिएको कुरालाई घुमाउरो नबनाऔं । भारत भ्रमण सफल मात्रै भएन । परिणाममुखी भयो ।’

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सीमा समस्या हल गर्ने कुरा बाहेक केहि नबोलेको उनले बताए। प्रचण्डले भने,‘राष्ट्रिय हित प्रवर्द्धन गर्ने कुरामा जनसमुदायमा कन्फ्यूजन क्रेट नगरौं । यो भ्रमण कामकाजी भ्रमण भएको छ ।’

भारत, नेपाल र बंगलादेशसँग त्रिपक्षीय साझेदारी गरेर नेपालको विद्युतसम्बन्धी काम अघि बढाउने कुरा सामान्य नभएको उनको भनाइ छ। प्रधानमन्त्रीले कालापानीसँग पूर्वीनाका साट्ने कुरा आफ्नो नभइ विज्ञहरुको भएको बताए।

संसद्मा एमाले सचिव समेत रहेका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणले समस्या समाधान नहुने बताएका थिए।

  • २२ जेष्ठ २०८०, सोमबार १२:५३ प्रकाशित
  • Nabintech