१३ बैशाख २०८१, बिहीबार
डेनमार्कसहित ६ देशका लागि राजदूत नियुक्त
  • काँचुली खबर

२१ जेठ, काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले विभिन्न देशका लागि छ आवासीय राजदूत तथा गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त आवासीय राजदूतमा मलेसियाका लागि डिल्लीराज पौडेल, ब्राजिलका लागि निर्मलराज काफ्ले, भरतकुमार रेग्मी अष्ट्रिया, मिलनराज तुलाधार रुसी महासङ्घ, प्रा.डा. राम स्वार्थ राय डेनमार्क र सुशीलकुमार लम्साल इजिप्ट रहेका छन् ।

त्यसैगरी उल्लेखित राजदूत क्रमशः पौडेललाई ब्रुनाई दारुसलाम, काफ्लेलाई गणतन्त्र चिलि, रेग्मीलाई क्रोएसिया, तुलाधारलाई गणतन्त्र काजखस्तान, रायलाई लितुआनिया र लम्साललाई प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • २१ जेष्ठ २०८०, आईतवार १५:३७ प्रकाशित
  • Nabintech