६ चैत्र २०८०, मंगलवार
उच्च अदालत नेपालगन्ज बारमा शाहीको प्यानल बिजयी
  • काँचुली खबर

२० जेठ, नेपालगन्ज । उच्च अदालत बार एशोसियशन नेपालगन्जको निर्वाचनमा चित्रबहादुर शाही नेतृत्वको प्यानल बिजयी भएको छ । शाहीको नेतृत्वमा चुनावमा होमिएको बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहका सबै बिजयी भएका हुन ।

बारको नयाँ नेतृत्वकालागि शनिबार निर्वाचन भएको थियो । निर्वाचनमा कुल २ सय १४ मतदाता मध्ये १ सय ८४ मत खसेको थियो ।

नेपालगन्जस्थित बार एशोसियशन भवनमा बिहान ८ बजेबाट सुरु भएको मतदान अपरान्ह ४ बजेसम्म चलेको थियो ।

बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहका तर्फबाट अध्यक्ष पदमा अधिवक्ता चित्रबहादुर शाही र ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहबाट अध्यक्षमा अधिवक्ता चित्रबहादुर केसी प्रतिस्पर्धामा उत्रिएका थिए ।

निर्वाचित हुनेमा शाहीको समुहबाट उपाध्यक्ष पदमा तिर्थराज ज्ञवाली, सचिवमा गणेशप्रसाद शर्मा तथा सदस्यहरुमा सतिशचन्द्र थारु, रिजवान अहमद मिर्जा, जयराम थारु, बिरेन्द्रकुमार बस्नेत, हरिशचन्द्र सिजापति, जयराम जैसी, पूर्णप्रसाद ढकाल र हिराबहादुर श्रेष्ठ रहेका छन । उक्त समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोखरेल सदस्य (महिला) भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् । बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट पिपिएलए, माओवादी केन्द्र सम्वद्ध आरपिएलए लगायत संगठनहरु आवद्ध छन् ।

  • २० जेष्ठ २०८०, शनिबार २०:१९ प्रकाशित
  • Nabintech