कृषिमा अहिलेसम्मकै धेरै बजेट, रासायनिक मलको अनुदान दोब्बर
  • काँचुली खबर

१५ जेठ, काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष ९आव० २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए ।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५५ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । जुन गत आवको तुलनामा ३ अर्ब ९ करोड रुपैयाँले धेरै हो । सरकारले यो वर्ष रासायनिक मलको अनुदान पनि दोब्बर बनाएको छ ।

यस्तो छ पछिल्लो १० वर्षको कृषि क्षेत्रको बजेट

आव २०७०/७१ – २१ अर्ब ४० करोड
आव २०७१/७२ – २३ अर्ब २८ करोड
आव २०७२/७३ – २१ अर्ब ५१ करोड
आव २०७३/७४ – २७ अर्ब ४३ करोड
आव २०७४/७५ – २४ अर्ब २६ करोड
आव २०७५/७६ – २९ अर्ब ९४ करोड
आव २०७६/७७ – ३४ अर्ब ८३ करोड
आव २०७७/७८ – ३७ अर्ब ४० करोड
आव २०७८/७९ – ४५ अर्ब ०५ करोड
आव २०७९/८० – ५५ अर्ब ८९ करोड

  • १५ जेष्ठ २०८०, सोमबार १७:४७ प्रकाशित
  • Nabintech