७ बैशाख २०८१, शुक्रबार
काँग्रेस नेता श्रेष्ठसहित ७६ जनाद्वारा पार्टि परित्याग
  • काँचुली खबर

१३ जेठ, काेहलपुर । ३७ बर्षसम्म बिपिको समाजबाद बिचार बोकेका नेपाली काङ्ग्रेसमा लागेका निष्टावान काङ्ग्रेस नेता राजेन्द्र श्रेष्ठले पार्टि परित्याग गरेका छन । उनले पार्टिमा भएको बेथिती तथा नेतृत्वको स्वईच्छारी नितिप्रति असन्तुष्ट जनाउदै पार्टि परित्याग गरेको बताएका छन । काङ्ग्रेसले बिपि कोइरालाको समाजवादको नीति व्यवहारमा त्यागेको र गणेश मान सिंह र कृष्ण प्रसाद भट्टराईको त्यागको अबमुल्यन गरि भ्रष्टाचारमा चुर्लुम्म डुबेको र टिकट दिदा समेत मुल्यांकन नगरी पैसा लियर टिकट दिने र सिमा मिचिदा नबोल्ने भयकोले चित्त नबुझेर पार्टि परित्याग गरेको श्रेष्ठले बताए ।

श्रेष्ठको नेतृत्वमा कोहलपुरबाट राम बहादुर बिष्ट, अजय भट्टराई, दुर्गा घिमिरे, रेशम बहादुर गिरी, पुष्पदेव गिरी, नन्द लाल अर्याल, गौरव रावल, डण्डपानी कंडेल, नविन निश्चल आचार्य, लगाएत ७६ जनाले पार्टि परित्याग गरेका छन ।

निम कटेज कोहलपुरमा भेला भएका अधिकांश नेपाली काङग्रेस सर्मथक र केहि नेकपा एमालेका सर्मथकले समेत पार्टि छोडेको घोषणा गरेको भए पनि तुरुन्तै कुन पार्टिमा प्रबेश गर्ने वा स्वतन्त्र बस्नेबारे भने केहि जानकारी दिईएको छैन ।

एक सहभागिका अनुसार पुरानो पार्टि त्याग गरेकाहरु नयाँ पार्टि राष्ट्रिय स्वतन्त्र पार्टिमा प्रबेश गर्ने अनुमान लगाएका छन । पार्टि परित्याग गर्नेहरुको भेलामा बर्तमान देशको परिस्थितीलाई मध्य नजर गर्दै शासन विकास र सार्वजनिम सेवा प्रवाहमा क्रमश उन्नयन सम्मुनत र संबृद्धि एवं सेवा प्रवाह छिटो छरितो र जनमुखि बनाउन एक मात्र अनिबार्य शर्त सुशासन कायम गर्नुपर्ने भन्ने ध्ययकासाथ बाँके जिल्ला नेपाली काङ्ग्रेसका सदस्य राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टि परित्याग गरेको उल्लेख गरिएको छ ।

  • १३ जेष्ठ २०८०, शनिबार १६:०५ प्रकाशित
  • Nabintech