१३ बैशाख २०८१, बिहीबार
प्रेस सेन्टर नेपाल बाँके उत्कृष्ठ शाखाका रुपमा सम्मानित
  • काँचुली खबर

१३ जेठ, काठमाण्डौं । प्रेस सेन्टर नेपाल बाँके शाखा देशभरमै उत्कृष्ठ शाखाका रुपमा सम्मानित भएको छ । काठमाण्डौंमा जारी प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसका अवसरमा उत्कृष्ठ शाखाका रुपमा बाँके शाखालाई सम्मानित गरीएको हो ।

सो अवसरमा बाँकेसहित देशभरका तिन वटा उत्कृष्ठ शाखालाई सम्मान-पत्रले सम्मानित गरीएको हो ।

शनिबारदेखि काठमाडौंको शंखरापुर नगरपालिकामा सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्ने छ ।

साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् । साधारण सभा तथा स्मृति दिवसमा प्रेस सेन्टर नेपालका पदाधिकारीसहित केन्द्रीय सदस्य, सात वटै प्रदेश समिति तथा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसियट प्रदेशका अध्यक्ष, ७७ वटै जिल्ला समन्वय समितिका अध्यक्षको सहभागिता रहेको छ ।

सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्ट्रिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने लगायतका प्रमुख उद्देश्य राखेर प्रेस सेन्टर नेपालको २०६१ सालमा स्थापना भएको हो ।

संगठनको चौंथो महाधिवेशन २०७८ मंसिर १८ देखि १९ सम चितवनको भरतपुरमा सम्पन्न भएको थियो । महधिवेशनले विष्णु सापकोटा जुगलको नेतृत्वमा एक सय ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको थियो ।

त्यसैगरी संगठनको २०७९ साउन १३ र १४ गते काठमाडौंमा सम्पन दोस्रो पूर्ण बैठकबाट संगठनको महासचिवमा सन्तोष पौडेलसहित एक बरिष्ठ उपाध्यक्ष, १९ उपाध्यक्ष, १० उपमहासचिव, २६ सचिव, एक कोषाध्यक्ष र एक सह-कोषाध्यक्ष रहेको ६१ सदस्यीय पदाधिकारी चयन गरेको थियो ।

  • १३ जेष्ठ २०८०, शनिबार १३:०७ प्रकाशित
  • Nabintech