१५ बैशाख २०८१, शनिबार
विद्यालयका कप्तान र उपकप्तान चयनकालागि तक्षशिलामा निर्वाचन
  • काँचुली खबर

१३ जेठ, कोहलपुर । बाँकेको कोहलपुर १० मा रहेको तक्षशिला एकेडेमी बिद्यालयमा निर्वाचन प्रणालीबाट कप्तान र उपकप्तान चयन भएका छन । निर्वाचनबाट आफुले चाहेको ब्यक्ति छनौट गर्न पाउनुपर्ने संबैधानिक अधिकार आम मतदातासँग हुन्छ भन्ने सन्देश दिंदै संस्थागत विद्यालयहरुले बिद्यार्थीविच निर्वाचन कार्यक्रम राखेर विद्यालयका कप्तान तथा उप कप्तान छनौट गर्दै आएका छन । सोही प्रक्रियालाई निरन्तरता दिने क्रममा शुक्रबार तक्षशिला एकेडेमीमा निर्वाचन प्रक्रियाबाट कप्तान र उपकप्तान चयन भएका हुन ।

प्रयोगात्मक अभ्यास समेत हुने यो बिधि बैज्ञानिक हुने भएकाले निर्वाचन कार्यालय बाँकेबाट ब्यालेट बक्स ल्याएर बिद्यार्थीबिच नेतृत्व चयनका लागि बिद्यालय प्रांगणमा निर्वाचन सम्पन्न गराएको निर्वाचन अधिकृत विजय आर्चायले जानकारी दिए । बिद्यालयका बिभिन्न ४ हाउस (रातो, पहेंलो, निलो र हरियो) का लागि कप्तान तथा उप कप्तान छनौट गर्न ४ कक्षा भन्दा माथिका बिद्यार्थीहरु मतदान प्रक्रियामा सहभागी भएका थिए ।

हाउसका लागि हाउस सम्बद्धले मात्र मतदान गर्न पाउने प्राबधान रहेको छ भने बिद्यालय भरिकै कप्तान उपकप्तानका लागि ४ कक्षा भन्दा माथिका सबै मतदाता बिद्याथीहरुले मतदान गर्न पाउने नियम रहेको निर्वाचन अधिकृत आर्चायले बताए ।

बिद्यालय कप्तानका लागि कक्षा ९ का विबेक खत्रि र करुणा कार्कि प्रतिस्पर्धामा उत्रिएका थिए उप कप्तानका लागि छात्रा तर्फ कंचन के.सी. निर्बिरोध निर्वाचित भएकी छिन । छात्र तर्फ कक्षा ८ का शुसान्त शर्मा, कक्षा ८ कै जस्टिन विशवकर्मा, कक्षा ९ का पेशल कुमार बिष्ट र कक्षा ९ कै नविन बश्याल प्रतिस्पर्धामा रहेका थिए ।

शनिबार सम्पन्न निर्वाचनबाट बिद्यालयको कप्तानमा बिबेक खत्रि ३५७ मतका साथ निर्वाचित भएका छन । उनका प्रतिद्धन्दी करुणा कार्किलेले २२८ मत प्राप्त गरेकी छिन ।

यसैगरि बिद्यालय उपकप्तान क्याप्टेनमा छात्रा तर्फ कञ्चन के.सी. निर्बिरोध निर्वाचित भएकी छिन । छात्रा तर्फ उनको मात्र उम्मेदवारी परेपछि के.सी. निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृत आचार्यले बताए ।

छात्र तर्फ भने उपकप्तानमा कक्षा ८ का जस्टिन विश्वकर्मा, कक्षा ९ का पेशल कुमार बिष्ट र कक्षा ९ कै नविन बश्याललाई फराकिलो मतान्तरले पराजित गर्दै शुसान्त शर्मा बिजयी भएका छन ।

हाउस तर्फ रेड हाउसको कप्तानमा श्रीया वस्नेत र उप कप्तानमा जेनिशा योगी, बिल्यु हाउसमा कप्तानमा अभिशेक खडका र उपकप्तानमा इच्छा आचार्य, ग्रिन हाउसमा कप्तानमा प्रिन्सु खडका र उपकप्तानमा गायत्रि खड्का त्यसैगरि यल्लो हाउसमा कप्तानमा सन्तोष कार्कि र उपकप्तानमा शुर्दसन खडका निर्वाचित भएका छन ।

नवनिर्वाचित कप्तान तथा उपकप्तानलाई निर्वाचन समितीले प्रमाणपत्र प्रदान गरेको थियो । बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले पद तथा गोपनियताको सपथ खुवाएका छन । निर्वाचितहरुले पदभार ग्रहण गरेसंगै निवर्तमान कप्तान तथा उपकप्तानहरुलाई नवनिर्वाचितहरुले ससम्मान बिदाई गरेका छन ।

  • १३ जेष्ठ २०८०, शनिबार ०८:२७ प्रकाशित
  • Nabintech