४ बैशाख २०८१, मंगलवार
गौहत्या गर्नेलाई गाउँपालिकाले दिने सेवा सुविधा बन्द
  • काँचुली खबर

फाईल तस्बिर ।

१२ जेठ, नरैनापुर (बाँके) । पछिल्लो समय बाँकेको नरैनापुर गाउँपालिकामा गौ ९गाई० हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले कडा कदम उठाएको छ ।

राष्ट्रिय जनावर गौ हत्यामा संलग्न भएको पाइएमा त्यस्ता व्यक्तिलाई एक वर्षसम्म गाउँपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने निर्णय गरिएको छ । आज बसेको नरैनापुर गाउँपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

गौ हत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गर्ने कुनै पनि सेवा उपलब्ध नगराइने उनको भनाइ छ ।

यस्तै गौहत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई १५ हजार रुपैयाँ उपलब्ध गराउने समेत निर्णय भएको उनले बताए ।

गाउँपालिकाले गौ हत्या नियन्त्रण गर्न सुरक्षाकर्मीहरूलाई अनुरोध समेत गरेको छ ।

  • १२ जेष्ठ २०८०, शुक्रबार १७:२५ प्रकाशित
  • Nabintech