१४ बैशाख २०८१, शुक्रबार
डुडुवा खोलाको कटान रोक्न ५० लाखको तटबन्धन
  • काँचुली खबर

९ जेठ, कोहलपुर । स्थानिय डुडुवा खोलाको कटान रोक्न लुम्बिनी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० को एकतानगर हुँदै चटारसम्मको जोखिमयुक्त क्षेत्रमा तटबन्धनकालागि प्रदेश सरकारले बजेट बिनियोजन गरेको कोहलपुर नगरपालिका वडा नं. १० की वडाध्यक्ष गौरा कुमारी भट्टराईले जानकारी दिएका छन ।

त्यस क्षेत्रमा वर्षेनी डुडुवा खोलाले ठुलो मात्रामा खेतीयोग्य जमिन कटान गर्दै आएको छ । पुरानो धार भन्दा निकै माथीबाट बगीरहेको खोला बस्तीतर्फ पस्ने जोखिम बढेपछि क्षती रोक्नकालागि प्रदेश सरकारसँग बजेट माग गरीएको भट्टराईले बताईन । लुम्बिनी प्रदेश साँसद सन्जु चौधरीको पहलमा प्रदेश सरकारले नदि कटान नियन्त्रण तथा तटबन्धनकालागि ५० लाख रुपैया बिनियोजन गरेको भन्दै वडाध्यक्ष भट्टराईले खुसी ब्यक्त गरेकी छन ।

  • ९ जेष्ठ २०८०, मंगलवार १७:१२ प्रकाशित
  • Nabintech